Tuesday, February 24, 2015

रेगिस्तान र प्रेम दिवस !!

नोस्टाल्जिक यादहरुको
फेवा असरल्ल छन्
उर्लिन्छन इन्डियन सि मा जुनेली रातको छाल झै
छुन्छन यी वालुवामा पोखिएको मनलाई
दुख्नुको पीडा
बालुवामा बैँस विसर्जन गर्नुको पीडा
रहरहरुको सुमेरु पर्वत तील समान हुन्छन्
जब बल्झिन्छ याद
सुनामी पस्छन मनको वस्तिमा
तत तत समय पुग्छु तिम्रो
रंगिन प्रेम नगरीमा
डुबुल्की मार्छु
डुब्छु
उत्रिन्छु

हो
पृय
तत तत
नयन बाट बग्छन अनवरत तमोर
छङ्गछङ गर्दै
समुद्रमा उभिएर हेर्छु दुर दुर क्षितिज
एक्लो एक्लो पाउछु भिडमा पनि
खोइ किन हो पृय
माया फुल्ने ती पाखा भरी
गुराँस देख्दिन
क्याक्टस काँडा फिजाएको पो देख्छु
तब
ऐठन हुन्छु,विपनिमै बर्बराउछु
डरको कालो बादल मडारिन्छ
माथिङ्गल चक्कर खान्छ
आत्तिन्छ मन
कतै
"मुना मदनको" अर्को अध्याय थपिने त होइन?
यी र यस्ता
डरले काँपेको मन
अझै अमर भएर बौरिन्छ
बेतुक बुर्कुसी मार्छ
प्रेमिल रंग पोतेर मनको अनुहारमा
छैन/थिएन
असर्फी जस्ता सुनौला सपना
थिए पेटको हाउगुजी
भविष्यको सपना
यसैले बेचिएँ आफ्नै पैसाले आफै
हरेक चहना तकिया मुनि लुकाएर
हो पृय त्यसैले प्रेमिल भए पनि मन
समयको कुटिल कोर्‍राले पिटिएँ/यौ
यो दुर
देश
अझै
दुर
तन
सापिप्यको हुटहुटी
दुख्नु ,सम्हाल्नु
नियती
मनको करेसाबारीमा
फूलाइ राख्नु बुकि फूल
सापिप्यको घुम्टो ओढाएर
पून बेहुली बनाउने छु
कसेर अंगालो मार्दै चुम्नेछु
त्यो लजालु चक्क्षुमा
बिछोड मिलन
समानान्तर हुन सक्दैनन्
यी त
वृत आकार हुन्छन्
मिलन बिन्दु निश्चित छन्
त्यो बिन्दुको प्रतीक्षा
चरण उत्कर्समा छ/हुनेछ
आशाको दियालो बाल्दै
दुर क्षितिजबाटै
"रंगिन सपना "
पठाएँ प्रेमिल पलको कामना सँगै
आत्मीय होस साथ
दुरको घातले आघात नहोस मन ।।
रेगिस्तानको तन बन्जर हुन सक्दैन
यी मन त
हरियाली वसत्त थिए/छन् /हुनेछन् ।।
प्रेम दिवसमा प्रेमिल मनहरु प्रती समर्पित कविता ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive