Sunday, April 19, 2015

वंशलोचन एक पाठकको नजरमा ।

समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ ।
यो आलेख कुनै समालोचना या कुनै स्तुतिगान होइन । माथिल्लो अनुच्छेदमा मैले उहाँ सँगको आत्मियता लेखेर तल उहाँकै स्तुति गाएको होला भन्ने अनुमान लगाउनु भयो भने हजुर 100% गलत हुनुहुन्छ । म यहाँ व्याक्ती समा श्रीको होइन संग्रह वंशलोचनको बारेमा एक पाठकको मत राख्दैछु । यी सबै बिचार मेरो नितान्त व्याक्तिगत हुन,सबैलाई मान्य हुनै पर्छ भन्ने छैन । एक पाठकको नजरमा कस्तो लाग्यो त संग्रह यसैलाइ लेख्ने जमर्को हो ।

परदेशको स्थानमा अर्कालाई बेचेर बचेको समयलाई सदुपयोग गर्न म सधै साहित्यमा हराउने गर्छु,यो मेरो सानै देखीको रुचि हो। समा श्रीको नविनतम कविता संग्रह वंशलोचन मेरो हातमा परेको लगभग एक महिना भयो,यो संग्रह उपलब्ध गराइदिने दाइ रवि रोषीलाई हार्दिक धन्यवाद साथमा कवि ( रचनाकारको लिंग हुन्न भन्ने मान्यतालाई आत्मासाथ गर्दै म कविनै भन्दैछु) समा दिज्युलाई पनि धन्यवाद,कविताको रशपान गर्ने सुनौलो अवसरकोलागी ।
वंशलोचन एक कविता संग्रह यश भित्रका खुराक खान मलाइ एक महिना लाग्यो।कविता एक पढ्ने भन्दा पनि अनुभुती गर्ने विधा हो जस्तो लाग्छ,म अल्छीले पुस्तक पढ्नेहरू भित्र पर्दिन,जब मलाइ मुड चल्छ तब म पुर्णतः भिजेर पढ्छु । परदेशको समय अनि आफ्नो अनौठो बाँनीले एक महिनामा १४४ पेजको पुस्तक आज छिचोले । कविताहरु पढेपछी मेरो मनमा केही कुरा आए त्यसैलाइ लिपिबद्ध गर्दैछु ,आशा छ समा दिदीले भाइको यो नादानी प्रती पक्कै क्षमा गर्नु हुनेछ ।
यो संग्रहले बजारमा निक्कै वाह वाह पायो,पक्का पाउनु पर्ने पनि हो,एक निडर लेखकको कलमले त्यो पाउनै पर्छ । वास्तवमा कोहि पनि पूर्ण छैन हुन सक्दैन,यो संग्रह भित्र पनि सबै एक से एक कविता छैनन् । जसरी मान्छेका आफ्नै हातको औला त समान छैनन भने मनको भाव सधै एकै नाशको हुन्न यो सत्यलाई स्विकार्दै म पनि भन्छु वंशलोचन एक सफल पुस्तक हो,सबैले पढ्नै पर्ने पुस्तक हो। यश भित्रका कुनै कुनै कविता यति मार्मिक छन् कि जसले सिधा मुटुकै केन्द्रमा आक्रमण गर्छन्,एक पाठकलाई त्यो आक्रमण कति प्रीय लाग्दो रैछ भने नि त्यो व्याख्या गर्न म सँग न समय छ न शब्दनै । यसरी मुटु भेदन भएर जब पाठक पन्ना पल्टाउछ बेला बेला कविता जस्तो मात्र भएका शब्द सुगठन पाउछ,उसलाई खल्लो लाग्छ,पक्का पनि हो मीठो खाएर कसलाई पून नमीठो खाने रहर होला? अगिल्लो कविताले ज्वरो आएको मन पून चिसो हुन्छ । यसरी हेर्दा कविले अलिक पाठकलाई अन्याय गरेको झै लाग्छ,लेख्ने क्षमता हुदा हुँदै पनि कमजोर कविता पाठकलाई दिने कविको जमर्को प्रती रीस उठ्छ मलाई सायद यस्तै हुदो हो सबै पाठकलाइ । कुनै कुनै कविताको हुटहुटीले पानी पिउने बनाइदिन्छन भने कुनै कुनै कविताले पढ्नै अल्छी लगाइदिन्छन् । हुरुक्क हुँदै पढ्दै गरेको पाठक यसरी फत्रक हुन नदिन कविले सोच्नु पर्ने थियो । म पून भन्दैछु यी मेरा व्याक्तिगत बिचार हुन ,सायद मैले कविता पढ्न अझ भनौ बुझ्न जान्दिन होला त्यसैले दरा कविता पनि कमजोर लागेका हुन कि ?
वंशलोचनमा हार्दिकता,एक देश प्रेम,परदेशको पीडा,प्रकृति अनि प्रेम सबै छन् । यो संग्रहमा भएको एक कविताले पुरुषप्रधान समाजलाई गतिलो झापड हानेको छ । कवि शब्दले मर्म छाम्न सिपालु छिन ।
समग्रमा वंशलोचन एक कविता क्षेत्रमा आशाको दियो लिएर आएको पुस्तक हो,यश भित्रका कविताले शमा श्रीको कविता क्षेत्रमा सुनौलो भविस्य देख्न सकिन्छ,अनि उनिबाट अझै आशा गर्न सकिन्छ ।पाठक एक लोभी पाहुना हो,जति मीठो दियो अझै मीठोको आशा गर्ने,हो म पनि दिदीबाट अझै आशा गर्छु। उहाँको साहित्यिक पाइला अगाडी बढुन शुभकामना। अब आउने कविता संग्रह अझै दमदार आओस कामना पनि गर्छु । धन्यवाद !
निराजन प्रभात
भद्रपूर नगरपालिका झापा
हाल बालुवाको नगरी
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive