Sunday, April 19, 2015

मात्रै फेरिनेछन क्यालेन्डर !!


बसन्तको कलिलो मुना 
प्राकृति उन्मुक्त छ
कोहिलीले "को हो को हो"
संगीत भन्दा मीठो भाका उराल्दै
काफल पाकेर बन मगमग पुलत्कित हुँदै
मेरो देश रंगीन भयो
नदि नाला सुस्त बग्दै
कुलुलुलु तानपुरा अलाप्दै
लोभ्याउने क्यानभास कोर्दै
प्राकृतिक छटाले झिलीमिली छ देश
सधैं जस्तै आयो नयाँ साल
कसैको बोलावट बीना
कसैको प्रतीक्षा बीना
आफ्नै सुरमा आयो नयाँ साल

कसैलाई मात्रै भित्राको क्यालेन्डर फेर्न
कसैलाइ मालामाल पार्न
लुरु लुरु आयो नयाँ साल
फेरिने छन् भित्तामा नयाँ क्यालेन्डर
पत्र पत्रीका रंगिनेछन
शुभकामना सस्ता रंगहरुले
फुक्नेछन रेडियोमा शुभकामना धुन
देखाउनेछन डिजिटल फ्रेममा भिडियो
छापेर शुभकामनाका शब्द
देखाएर शुभकामनाका भिडियो
छापेर क्यालेन्डर
हुनेछन् केही मालामाल
दुखीको टाउको उस्तै गरेर फनफनी घुम्नेछ
काहीँ
फोडिनेछन देशी बिदेशी रौसीका बोतल
शहिद हुनेछन्
लाखौं चिकेन मटन
योजना बुन्नेछन टाउकेहरुले
पून बाँड्नेछन फुस्रा आश्वासन डकार्दै
गरीबको चुलो चिसोको चिसो हुनेछ
रित्तो पेटमा भर्नेछन शुभकामना र आश्वासनले
फुल्नेछन आशाले बेलुन झै
आशा हुनेछ
बन्नेछ पक्कै देशमा आउने सालमा संविधान
बन्नेछन् योजना देशमै
हुनुपर्ने छैन बेरोजगार
छोड्नु पर्ने छैन देश
तर
पूर्वी क्षितिजमा बादल अझै फाटेको छैन
केही ब्लक होल अझै उस्तै छन्
आँ गरेर बसेका
त्यसैले
पून पून उहीँ रीन घुम्नेछ बृताकारमा
युवाहरुको मोलमोलाइ हुनेछ मेनपावर कम्पनीमा
लर्को उस्तै हुनेछ त्रिभुवन हवाई अड्डामा
उडेछन रंगीन सपना लिएर
देश,प्रेम,परिवार त्यागेर
परदेशमा हुने परदेशीको यो साल जस्तै हुनेछ
प्यारले फेर्नेछन क्यालेन्डर
तर
फेरिनेछैन दैनिकी
उहीँ पुरानै बोइलर सुट
उहीँ पुरानै सेफ्टी जुत्ता
सेफ्टी हेल्मेट
उहीँ पुरानै साइड
उहीँ पुरानै तलब
उहीँ पुरानै भाग्य ।
तर पनि
आज फुर्किनेछन उमंगले
शुभकामना बाड्नेछन
आशाको दियो जलाउनेछन
सम्झिएर देश परिवार
थप्नेछन तेल आत्मीयताले
कामना गर्नेछन
देश बनोस्
संविधान बनोस्
तर
भुल्नेछन आज पनि भन्न
आफू बनौँ ।
निराजन प्रभात !!
शुभकामना नयाँ वर्ष २०७२ को !!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive