Sunday, April 19, 2015

"कौडीको भाउमा लिलामी हुदैछ "


भत्किएका बिचारहरु
कुहिएका विवेकहरु
असरल्ल बिक्रीमा छन् बजारमा 
टाउकाहरुको केही थान
बिक्री गर्दा छन्
केही थान मोलमोलाइ गर्दा छन्
दु:खद अनुभुती
सच्चा बिचारका खण्डहर
असल विवेकका चिहान
जता ततै देखिन्छन् हाम्रो शहरमा
म बबुरो सोच्छु
चुरोट र कफीको चुस्की सँगै
नाताहरुको पासो
भविस्यको चिन्ताले
म चिन्तन गर्न नसक्ने भएकोछु
म आफ्नो बिचार विवेक
बजारमा लिलामी गरौ 

या
चिहानमा पुरौ
दिमाग सोच्नै सक्दैन
मेरो दिमाग
बीना संतुष्ट स्खलित लिङ्ग जस्तै छ
चाहनाले मुर्मुरिएको छ
बाध्यताले कैदी
भविस्यको हाउगुजीले डराएको
आफै आफ्नै मलामी हिडेको

कसरी सफलता सँग हनिमुन मनाउ ?
एका तिर देश रुन्छ
अर्को तिर परिवार
म आफै बेचिएको
देश बेचिनबाट कसरी बचाउ ?
मलाई माफ गर्देउ नेपाल आमा
बाध्यताको जंजिरले बाँधिएर
मपनि तिनै कुहिएको
तिनै धमिरा लागेको
विबेक र बिचार सँगै
मिसिएँ
मैले आफैलाइ संतुष्ट पार्न
तिम्रो पुकार एक कानले सुनेर अर्को कानले उडाएँ
हो आमा !
मेरो विचार विवेक
लिलामीमा छ
कौडीको भाउमा लिलामी हुदैछ
अरबको गल्ली गल्लीमा ।
निराजन "प्रभात"
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive