Tuesday, January 25, 2011

गज़ल-४७

माया बेकार बसाले !
आज आँशुपो खसाले!!

भए घरबार बिहिन !
साढे सातको दसाले!!

जाउ कहाँ उम्केर ?
खाल्टो भित्रैपो भसाले!!

Share:

गज़ल-४६

लुट्यौ खुशी सबै छानी-छानी /
घृणा गर्छौ दया मानी-मानी //

रोक्यौ मार्ग तिम्ले प्रगतिको /
हिंड्न भन्छौ खुट्टा तानी-तानी //

बाँच्न कहाँ सक्छु तिमी बीना /
किन त्याग्छौ सबै जानी-जानी // 

Share:

गज़ल-४५

नगर्नु भूल तिमीले!
नरोप्नु सूल तिमीले!!

सुक्दैछ हाम्रो बिस्वास !
थुन्यौकी मूल तिमीले!!

हेलिए मत नदिमा !
बनायौ पुल तिमीले !! 

Share:

गज़ल-४४

टुट्नुनै थियो टुट्यौ तिमी!
सिसाझै चर्की फुट्यौ तिमी!!

बैसको खोक्रो सान छर्दा!
फूलझै ब्यर्थै लुट्यौ तिमी!!

नहुने झुठो सानले गर्दा!
समय लेनै कुट्यौ तिमी!

Share:

गज़ल-४३

बिना कारण ठस्किनु किन?
हेर्दै रमिता मस्किनु किन?

भुली मर्यादा इज्जत पनि
बैस बजारमा पस्किनु किन?

Share:

गज़ल-४२

तिमी मेरो आश हौ !
तिमी मेरो साश हौ !!

धेरै भएनि दिलमा !
तिमि मेरो खास हौ !!

छैन घर'नि म सँग !
तिमी मेरो बास हौ!! 

Share:

गज़ल-४१


मेरो लागी पानी बारे हुन्छ
तिम्रो माया अन्तै सारे हुन्छ

मत दूरछु फर्की आउन्न अब
आउने आशा तिम्ले मारे हुन्छ
Share:

गज़ल-४०

लेखे भावना तिम्रो नजर पर्ला कि भनेर
बसाइँ सरेको मनमै तिर सर्ला क भनेर

भको छुइन अझै धनी झुपडिमै छ बाँस
आशा गर्छु यो गरीब को दु:ख टर्ला भनेर

बिन्ती हैन केवल मात्र आग्रह तिमीलाई
तिम्रो त्यो शान र अभिमान मर्लाकी भनेर

Share:

गज़ल-३९

सफलताको सुभेक्षा उनेर तिमीलाई
शिर मा लगाउ लाग्छ बुनेर तिमीलाई

दिन सक्दिन सुख महल सुन चान्दिको
जतिछ माया मनमा थुनेर तिमीलाई 

Share:

गज़ल-३८

भो मत हास्न चाहन्छु दु:ख मा नपार काली
मत अझै जिउन चाहन्छु बिछोड मा नमार काली

म सिङो बिरुवा हागा काटी सर्दिन काही
मलाई टुक्रा टुक्रा पारी मरुभुमिमा नसार काली

यो जीवन त अझै बाँकी छ लोक दराजमा जिउन
मायाको रेश बाट यसरी अर्ध बाटोमै नहार काली

Share:

गित


तिमी बिना जीवनमा कहाँ पाऊँ माया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।


माग्ने छुइन दैवसँग हात फिँजाएर,
गासौँ नाता जनमजनम राखौँ मिलाएर
Share:

गज़ल-३७

देउ दोष मेरो समयलाई,किन दोष मलाई?
बीना आगो जल्छन् मनहरु,किन खोज्नु सलाई?

कलि युग लाग्यो छैन दया,गर्छन् मनो मानि!
सुल्टो गर्यो उल्टो देख्छन् सधै,गर्नु हुन्न भलाई!!

सिक्नु पर्छ केहि प्रकृतीबाट,स्वार्थ बीना बाँच्च!

Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive