फुल फुल्नेछ पक्कै दाजै धैर्य गर्नुस् बारुदले कति राज गर्ला यो दुनियाँमा ? सुनौलो दिन आउनेछ त्यो दिन हुने छैन कुरान बाइबल गीता हुनेछ पक्कै हर मानवको मिलन जसरी धरती र आकाशको मिलन हुन्छ क्षितिजमा हो दाजै उसै गरि हुनेछ मिलन कुरान,बाइबल र गीताको
सम्झिनु त छ जीवनमा, याद हिजो आज लाग्छन् डिजिटल भएका छन् फेसबुकको लाइक र कमेन्ट जस्तै कहिले ह्वात्तै बढ्ने कहिले शुन्य शून्य । जे होस यी यादका दर्पण देखिन्नन
"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे
"राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोले आफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई स्थान दिन्छौ सम्म भन्न भ्याए । बजार व्यवस्थापन सम्म गर्दिने वाचा दिए ।
=========================== सगरमाथा निगुरमुन्टी न भएको छ शान्तिका प्रतीक परेवा बन्धकमा छन् देश मृत्युको शोक सभामा छ मानवियता नभएका मानवहरुको लास सँगैको सेल्फिले संञ्जाल भरिएको छ दुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुक पर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखी भाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्र डुब्दैछ आत्मियता निकम्माहरुको आहालमा होली खेलिदैछ आफन्तका रगतमा श्रद्धाञ्जली दिदैछन मानवीयपनलाई गहिरिदैछ सम्बन्ध बिच्छेद इदि अमिनहरुको धुन अझै बेसुरमा घन्किदैछ गाउँ बस्ती
बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज लेख्नु पर्यो एउटा भिषा मिलाइदे भनेर । त्यो मुले सुवास हुन त मिल्ने साथी हो हिजो आज ठूलो भएको छ हाम्रो कुरो सुन्दैन । पोहोर सम्म कलेजमा मेरै जुठो खान्थ्यो आज कमाएर ठूलो पल्टियो । कति न पढेर ठूलै हाकिम होइन्छ भनेर पढाइ अगाडी,उसले जित्यो बिदेश गएर । टुङ टुङ म्यासेजले सोच भंग गर्दियो ,मोबाइल हातैमा थियो म्यासेज हेरे राजेशको रैछ,अब टेक्स गर्न पनि ब्यालेन्स छैन । यसो हेरेको ममी किचेनमा खाना बनाउदै हुनुहुदोरैछ ,बाबा सायद राजनीति छाट्न चौकमा जानुभएको होला अनुमान लगाए ,लुसुक्क पसें कोठामा अनि दबाए राजेशको नम्बर साउतिमा बोले ओइ मुलाङ ब्यालेन्स छैन कल मि । लेन्डफोनबाट एनसेलमा कल गर्न बन्देज थियो बिलको रकम बढ्ने हुनाले तर आफ्नो अर्को उपाय थिएन। यसरी लुकिछिपी कति फोन गरियो पछि बिल आएपछि बाबाले हप्काउदा मेरो आफ्नै मोबाइल छ,ब्यालेन्स हुदा यतैबाट गरिन्छ नत्र साथीलाई मिसकल गर्दा फर्काउछन हजुरको लेन्डफोन छोइन्न । बोरु हजुरलेनै पो कल गर्नुभएको हुनुपर्छ ,नम्बर चिन्नु हुन्न कुन एनसेलको कुन एनटिसीको । यसरी उल्टै बाबालाई दोषी घोषणा गरेर उम्कियो ।
अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले नेपाली राजनीति तातेको थियो भने यो विषय देखि बेखबर ड्राइभर दाइ कन्टेनर उतारेर पून दोहा बन्दरगाह जान हतार गर्दै थिए ।” दाइ के पि देशको प्रधानमन्त्री भएनी ।” मैले कुरो अगाडी बढाएँ । मेरो कुरोले सायद दाइलाइ छोएन क्यारे मुख लोपारे,अफिसमा फोन गरेर कन्टेनर झार्न पो अनुरोध गरे । “होइन हजुर कांग्रेस हो क्याँ हो ? के पी प्र म हुदा खुशी हुनुभएन नि ? ” मैले अझै प्रसंग छोडिन । दाइले भेस्टको बाउला उभो सुर्किदै भने ” यो निशान देख्यौ भाइ? यो जनआन्दोलन को चिनो हो । म एक ताका देशको लागि लडेको योद्धा ,आज यो लामो गाडी चलाएर परिवार पाल्दैछु । हिजो आज देश,अझ भनौ बहुला राजनीति देखि घृणा लाग्छ । ” आवेगमा थुक्क भनेर थुक्न सम्म भ्याए । खल्तिबाट लाइसन निकाल्दै भने- “म यो पार्टीको मान्छे हु । यसले मलाई खान दिन्छ । दस साल भयो मरुभूमि भाँसिएको अझै कति बस्न लेखेकोछ ललाटमा मरुभूमिमा । पहिले सुद्दी पुगेन अहिले दुख पाइयो । ” मनै अमिलो पार्दै भने, सक्दो अनुहार बिगारे दाइले । कता कता दुख लाग्यो , अलि अलि ग्लानी भयो बेकार गरेछु यो कुरा भनेर ।
हाम्रो गाउँमा एक जना काका थिए,उनलाइ भागमा दही मोही नहुदा गाँसनै नछिर्ने , तर घरमा दुहुनो गाई भैंसी भने थिएनन् । सधै अरुकोमा मागेर काम चलाउने उनको बानी भै सकेको थियो । माग्नेलाई सधै कसले दिने? दिएमा पनि राम्रो कसले दिने ? तर पनि दारा ङचियाएर माग्न छोडेनन । एक दिन गाउँकै एक काकीले माग्न जादा मुख भरीको जवाफ दिइन् – ” गरेर खानको लोभले कति माग्छौ हो भाइ ? गरेर खानुको मज्जानै अलग हुन्छ । मेहनतको फल खाने गर्नु । ” एक दिन बजारबाट फिर्दै गर्दा ती काकाले एउटा सानो सानो गाई अनि गाईको बाछो पनि घिसार्दै आएको देखे । के हो काका गाई किनेर ल्याउनु भएको? मैले प्रश्न गरे । हो त भतिज कति माग्नु, आफुलाई नखाइ पनि हुन्न, त्यसैले किनेर ल्याएको । यसरी छिमेकीको इखले काका सुध्रिनु भयो,उहाले गाई घरमा ल्याएर मात्र बस्नु भएन, गाईलाइ घाँस हुन्छ भनेर दस कठ्ठा जग्गा अधिया गर्न थाल्नु भयो । दिन भर चोकमा क्यारेम खेल्न, अनि चोकमा राजनीतिक गफ दिन पनि छोड्नु भयो । उहाँले पौरख गरेर व्यस्त अनि स्वास्थ जीवन बिताउन थाल्नु भयो ।