Friday, February 26, 2016

विश्वमा एउटै घर्म छ

हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ।
बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिलेर शुभकामना दिइयो,दशैमा तीन जना क्रीष्कियन मित्रहरुलेनै Happy Dasara लेखेको कार्ड पठाएँ गोगलको सहयोगमा।दिपावलीमा सबै मिलेर दिपावली गरियो कोठामा,अंगालोमा बेरिएर आत्मियता साटासाट गरियो।मुस्लिम देश हुनाले मुस्लिक मित्रको पर्व भुल्ने झन् कुरै भएन।
हिजो राती १२ बजे मैले मेरा क्रीष्चियन मित्रलाई email गरे merry X-mas लेखेर।बिहान इमेल हेरेर (उनिहरु छक्क परे सायद)भने "त हिन्दु भएर पनि हाम्रो चाड तलाई याद छ है ?" मैले जवाफ दिएँ "जसरी तिमिहरुलाई हिन्दुको पर्व याद छ,हिन्दुको पर्वमा हात मिलाएर,अंगालोमा बेरिएर जसरी आत्मियता प्रकट गर्यौ/ गर्छौ म पनि आतुरछु तिमिहरुलाई अंगालिमा बेर्न,आत्मियता हुन।अरे यार म नि त एउटा मानव हुँ यो विश्व दुनियाँको एक पात्र ।"
उनिहरुले मलाइ अंगालोमा बेरे,अनि मुस्काउदै भने "साँच्चै सुनेको थियौ नेपाल बहुधर्म भएको देश हो भनेर आज अनुभव गर्यौ।"
के हामी धर्म बदलेर अर्को धर्म मान्ने नेपालीहरु यसरी हार्दिकता हुन सक्छौ?
x-masको बिदाइको शुभकामना। विश्वमा एउटै घर्म छ त्यो हो मानवता,अरु त केवल आस्था हुन,विश्वास हुन।हामी अरुको आस्थामा धावा नबोलौ।
जय होस्।।
Share:

उल्टो सुल्टो

रात 
दिन
समय
दिन 
रात
समय
हार
जीत
जीवन
जीत
हार
जीवन
उल्टो सुल्टो
सुल्टो उल्टो
जहाँ बाट
पनि उस्तै
दुरुस्तै ....
Share:

आखिर जिउनु छ उस्तै उस्तै

सधै जस्तै
भित्तामा टाँगिएको
अन्तिम पन्ना च्यातेर
फेरीयो अर्को पात्रो
दिन उस्तै 
समय अनि दैनिकी उस्तै
सधै जस्तै अभावका सुमेरु पर्वत
पिल्सिएका मनहरु
तर
अंकुरण हुदैछ नयाँ पन
आशाको त्यान्द्रो देखिदैछ
फगत भ्रम
आखिर जिउनु छ उस्तै उस्तै
Share:

कविता- हुनेछ मिलन

फुल फुल्नेछ पक्कै
दाजै धैर्य गर्नुस्
बारुदले कति राज गर्ला यो दुनियाँमा ?
सुनौलो दिन आउनेछ 
त्यो दिन
हुने छैन
कुरान
बाइबल
गीता
हुनेछ पक्कै
हर मानवको मिलन
जसरी धरती र आकाशको मिलन हुन्छ क्षितिजमा
हो
दाजै
उसै गरि हुनेछ मिलन
कुरान,बाइबल र गीताको
हो त्यसबेला खोजिन्न
X Y को मिलन ।।।
Share:

कविता- ओ दाजु


म किन दुखिन ? 
तिम्रो दुखलाई किन खेलाउन मन लाग्यो
किन अझै नुन चुक दल्न मन लाग्यो
एउटा कविताको बिम्ब बनाउन मन लाग्यो
ओ दाजु ,
म पनि तिम्रो नांगो आङमा हिउले अत्याचार गरेको
शरीर पटपट फुटेको दुनियाँलाई देखाउन आउ
ओ दाजु ,
म पनि सेल्फी खिच्न आउ ??
Share:

कविता - .....

यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन्
फेसबुकको लाइक र कमेन्ट जस्तै
कहिले ह्वात्तै बढ्ने
कहिले शुन्य शून्य ।
जे होस यी यादका दर्पण देखिन्नन
Share:

जात



"हुँदै हुन्न यो सानो जातकी केटी हामी सँग बस्न हुन्न यो हाम्रो परापुर्खा देखि चलेको रीती हो " फूपूले स्पष्ट धारणा राखिन 
"
मैले तन मन सबै सुम्पिएर ल्याएकी मेरो श्रीमती कसरी तल्लो जातकी हुन्छिन ? उपल्लो जातको हो भने मैले ल्याएकी पनि उपल्लो जातकै हो,हुन्छे" दाइले आफ्नो कुरा राखे 
"
जीवित हुदा सम्म यो हुन सक्दैन आफ्नै जातका केटीहरु हुदा हुँदै तल्लो जातको केटी ल्याइस आफ्नो खुशी भनेर बिद्रोह गरिस अब सधै तेरो राज चल्दैन संस्कार ,रीती तैले भुले पनि हामी भुल्न सक्ने छैनौ ।- आमाले अडान लिइन ।
 एउटा तल्लो जातको केटी ल्याउदा ल्याउने को जात कसरी गयो,के आउने को जात माथी चढ्न सक्दैन?" दाजुले प्रश्न गरे  लामो समय चर्काचर्की भयो एउटा दुख बोकेको घर रणभुमी जस्तै देखियो युवा जमातले तल्लो जात( कथित) विवाह गर्ने दाइ भाउजूलाई साथ दिए भने गाउका लगभग ७०% मान्छे अरुलाइ साथ दिन अगि बढे विषय गम्भीर वातावरण तनावको बन्यो
Share:

लघुकथा - "देखाउने र चबाउने दात"

"हजुरको प्रकाशक गृहको नाम बजारमा सुनेर,एउटा पुस्तक निकाल्नु पर्यो भने सोचले यहाँ आएको ।" आफू त्यहाँ जानुको कारण खुलस्त पारे 
"राम्रो,हाम्रो प्रकाशक गृह अरु भन्दा भिन्न छ । हजुरहरुको सेवा हाम्रो पहिलो प्राथमिकता ।" निकै प्रसन्न मुद्दामा प्रकाशक गृहका संचालक बोले
आफ्नो गृहबाट प्रकाशित कृति,अब बजारमा आउन लागेको कृतिको लामै सुची बताए । हामी उत्कृष्टलाई स्थान दिन्छौ सम्म भन्न भ्याए । बजार व्यवस्थापन सम्म गर्दिने वाचा दिए ।
Share:

कविता - म अनि परदेश


बाध्यताको भिमकाया पहाडले
थिचिएर थङ्थिलो ज्यान
ठूलो जहाजको बेल्टमा बाँधेर
मरुभूमिको सपनाको मीठो यात्रा गर्छ
मरुभूमि भित्र खबुस सँग साट्छ दैनिकी
तालु खुइले हाकिमको खै
" यु मस्ट डु" को नारा सँगै नारिन्छ काममा
कस्टमरको लगातारको फोन
इमेलका च्याङ
फाइलहरुको चिच्याहट
चिर्दै चिर्दै बाँच्छ दैनिकी
Share:

कविता - "आलो घाउ"


===========================
सगरमाथा निगुरमुन्टी न भएको छ
शान्तिका प्रतीक परेवा बन्धकमा छन्
देश मृत्युको शोक सभामा छ
मानवियता नभएका मानवहरुको
लास सँगैको सेल्फिले संञ्जाल भरिएको छ
दुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुक
पर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखी
भाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्र
डुब्दैछ आत्मियता निकम्माहरुको आहालमा
होली खेलिदैछ आफन्तका रगतमा
श्रद्धाञ्जली दिदैछन मानवीयपनलाई
गहिरिदैछ सम्बन्ध बिच्छेद
इदि अमिनहरुको धुन अझै बेसुरमा घन्किदैछ गाउँ बस्ती

Share:

Monday, November 2, 2015

कथा – प्रेमनगरी

बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज लेख्नु पर्यो एउटा भिषा मिलाइदे भनेर । त्यो मुले सुवास हुन त मिल्ने साथी हो हिजो आज ठूलो भएको छ हाम्रो कुरो सुन्दैन । पोहोर सम्म कलेजमा मेरै जुठो खान्थ्यो आज कमाएर ठूलो पल्टियो । कति न पढेर ठूलै हाकिम होइन्छ भनेर पढाइ अगाडी,उसले जित्यो बिदेश गएर । टुङ टुङ म्यासेजले सोच भंग गर्दियो ,मोबाइल हातैमा थियो म्यासेज हेरे राजेशको रैछ,अब टेक्स गर्न पनि ब्यालेन्स छैन । यसो हेरेको ममी किचेनमा खाना बनाउदै हुनुहुदोरैछ ,बाबा सायद राजनीति छाट्न चौकमा जानुभएको होला अनुमान लगाए ,लुसुक्क पसें कोठामा अनि दबाए राजेशको नम्बर साउतिमा बोले ओइ मुलाङ ब्यालेन्स छैन कल मि । लेन्डफोनबाट एनसेलमा कल गर्न बन्देज थियो बिलको रकम बढ्ने हुनाले तर आफ्नो अर्को उपाय थिएन। यसरी लुकिछिपी कति फोन गरियो पछि बिल आएपछि बाबाले हप्काउदा मेरो आफ्नै मोबाइल छ,ब्यालेन्स हुदा यतैबाट गरिन्छ नत्र साथीलाई मिसकल गर्दा फर्काउछन हजुरको लेन्डफोन छोइन्न । बोरु हजुरलेनै पो कल गर्नुभएको हुनुपर्छ ,नम्बर चिन्नु हुन्न कुन एनसेलको कुन एनटिसीको । यसरी उल्टै बाबालाई दोषी घोषणा गरेर उम्कियो ।
Share:

जे भन्नुस धोती नभन्नुस …….

अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले नेपाली राजनीति तातेको थियो भने यो विषय देखि बेखबर ड्राइभर दाइ कन्टेनर उतारेर पून दोहा बन्दरगाह जान हतार गर्दै थिए ।” दाइ के पि देशको प्रधानमन्त्री भएनी ।” मैले कुरो अगाडी बढाएँ । मेरो कुरोले सायद दाइलाइ छोएन क्यारे मुख लोपारे,अफिसमा फोन गरेर कन्टेनर झार्न पो अनुरोध गरे । “होइन हजुर कांग्रेस हो क्याँ हो ? के पी प्र म हुदा खुशी हुनुभएन नि ? ” मैले अझै प्रसंग छोडिन । दाइले भेस्टको बाउला उभो सुर्किदै भने ” यो निशान देख्यौ भाइ? यो जनआन्दोलन को चिनो हो । म एक ताका देशको लागि लडेको योद्धा ,आज यो लामो गाडी चलाएर परिवार पाल्दैछु । हिजो आज देश,अझ भनौ बहुला राजनीति देखि घृणा लाग्छ । ” आवेगमा थुक्क भनेर थुक्न सम्म भ्याए । खल्तिबाट लाइसन निकाल्दै भने- “म यो पार्टीको मान्छे हु । यसले मलाई खान दिन्छ । दस साल भयो मरुभूमि भाँसिएको अझै कति बस्न लेखेकोछ ललाटमा मरुभूमिमा । पहिले सुद्दी पुगेन अहिले दुख पाइयो । ” मनै अमिलो पार्दै भने, सक्दो अनुहार बिगारे दाइले । कता कता दुख लाग्यो , अलि अलि ग्लानी भयो बेकार गरेछु यो कुरा भनेर ।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive