Wednesday, August 20, 2014

लघुकथा-उपचार

लघुकथा-उपचार


​डाक्टर साहेब नर्सहरुको लावालस्कर सहित आइ सि युमा छिरे।भित्र पसेर यसो नाडी छामे।नर्सहरुसँग साउतीमा कुरा गरे र बाहिर निस्किए।
यि सबै म बाहिरबाटनै हेर्दै थिएँ,आइ सि युमा पस्ने अनुमति थिएन।
"यो बिरामीको आफ्नो मान्छे हजुरनै हो?बिरामीको हालत गम्भिर छ,चाडै ५० हजार काउन्टरमा जम्मा गर्नुस्। अनि उपचार हुन्छ,बाँकी भगवानको ईच्छा।" डाक्टरले आफ्नो कुरा राखे र गए।
म भने अन्योलमा परे,एक मनले भन्यो मरोस् साले आफ्नै रहरले त बिष खाएको हो नि तर दाजुको आत्माले प्रतिकार गर्यो-"यसलाई बचाउनु पर्छ लोकको लागी भएपनि,यि कलिला चिचिलाको भविष्यको लागी भए पनि।"मैले घरमा फोन गरे,मेरि श्रीमतिले हतार हतार फोन उठाइन,"कस्तो छ अहिले बाबुलाई"  सोधिन्।उनलाई फोन उठाए पछि हेलो भन्नु ​पर्छ भन्ने सम्म हेक्का भएन आज।
"ठिकै छ ५० हजार जम्मा गर्नु पर्छ भनेका छन् डाक्टरले।" मैले कुरोको चोरो फुकाएँ
"लौ यस्तो पैसा कहाँ बाट ल्याउनु ४० हजार त पहिलेनै सकियो,यहाँ प्रहरीहरु आएर दिन दिनै सोध-पुस गर्दैछन्।खोइ के गर्ने,कहाँ बाट पैसा निकाल्ने?"पीडा अनि प्रश्न वमन गरिन् उनले
"जसरी भए पनि खोजेर पैसा पठाउनु।" आदेशनै दिएँ मैले

पैसाको जोहो भयो।पैसा बुझाउने काम पनि भयो।
फेरी नर्सको लावालस्कर लिएर डाक्टर साहेब आइ सि यु पसे।फेरी नाडी छामे,त्यहाँ राखिएको मिसिन पनि हेरे।पून नर्स सँग फुसफुस गरे।फेरी एक्लै बाहिर आए।
"माफ गर्नु होला,तपाईहरुले पैसा जम्मा गर्न ढिला गर्नु भयो,बिरामीको देह समाप्त भैसकेछ।अब प्रकृया पूरा गरेर लास लान सक्नु हुन्छ।"डाक्टरले एकै स्वासमा बोले र बाटो लागे म भने टाउकोमा हात लगाएर भुमीमा बसे। 

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive