Wednesday, August 20, 2014

ए! गोरे दाइ

ए! गोरे दाइ 
तिमी हतास छौँ सधैँ
तिमी चिन्तित छौ सधै
तिम्रो अतीत लेखेर कवि भए 
तिम्रो दैनिकी लेखेर कथाकार भए
तर 
तिमी उस्तैछौँ 
दुरुस्तै छौँ
सुनकोसीको छाल भन्दा बढी मानविय उत्वेग 

जुत्ताबाट निस्किन्छ पानी
चर्को घामको ताप
कालो मोसो भा छ अनुहार
तर
सम्झिन्छौ प्यारीको फाटेको चोली
छोराको टाँलेको कट्टु
छोरीको लाज ढाक्न नसक्ने लुगा
रित्तो भकारी
सिरानीमुनिको तमासुक !
बाध्यताले भेडा चराउने तिम्रो कथा
पानीको खोजमा मरुभुमिलाई छिचोलेको
अल्मराई दहि सँग खबुसको बुझो

ए! गोरे दाइ
हेर्नुस है भेडा हराए जस्ता छन
भेडाको मुल्य फेरि जीवन हुन सक्छ।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive