Wednesday, August 20, 2014

"नयाँ जागिर"

लघुकथा- "नयाँ जागिर"
निराजन प्रभात लुइँटेल
"कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।
"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स पाएकि रैछ त्यो पैसा बाट केहि पैसा मलाइ रमाइलो गर्न दिएकि थिई,त्यसैको आजको रातमेरो बहिनिको नाम।सालिनिलाई मैले फोन गरेको थिए नयाँ दुई परी (नयाँ माल< हाम्रो भाषामा) आएकाछन् रे तिमीहरु दुईको लागी नयाँ परी मेरो त सालिनी छदै छे।"
हामी तीन मित्र तीन अलग अलग कोठामा पस्यौ।

होटलको बन्द कोठा भित्र म छु अहिले,भोग्न लागेको नयाँ स्वर्गिय आनन्दको कल्पनामा म हराउछु,नयाँ चरीहरु,अहो! मेरो मन त्यसै त्यसै हावामा कावा खान थान्छ,कल्पनाको स्वर्गको उडान भर्छु।कोठाको बेलको आवाज सँगै मेरो निन्द्रा(कल्पना) भङग हुन्छ,वास्तविक धरातनमा पोखिन्छु म।एक प्रकारको छुट्टै काउकुतीले उद्देलित हुन्छु।रोमान्चित मनलाई काबुमा राख्दै ढोका खोल्छु,बाहिर एक परी छे।नयाँ माल कल्पनाको परी देखेर म तीन छक्क पर्छु।म पसिना पसिना हुन्छु,मन निचोरिन्छु जुसवालाको उखुझै।
ढोकामा नयाँ परी अरु कोहि नभएन मेरो साथिकै बहिनी थिईन् । 

2014/8/20

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive