Tuesday, September 30, 2014

लघुकथा- महान ब्याक्तित्व !!

कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो परम्परा अनि सान भएकोछ,यो परम्परा बन्द हुनुपर्छ।

सबैले ताली बजाए, पिन्सिपल झन जोसिदै बोल्दै थिए।
भिडमा एउटाले भन्यो "क्या महान ब्याक्तित्व छ सरको ।"
अर्कोले हो मा हो मिलायो
भिडभित्रको एक ब्याक्तीले हल्का मुस्काउनुदै भन्यो -"हो वास्तवमानै महान हुनुहुन्छ सर त्यसैले त आफ्नो छोरी क्यानडा अनि छोरा पोर्चुगल पठाउनु भएको छ पढनलाई।"
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive