Tuesday, September 30, 2014

कविता - मेरो सपना

बाले देखे सपना 
छोरो डाक्टर भएको ।
आमाले देखिन सपना
छोरो प्रशाशक भएको ।
दाजुले भन्नू भो
भाइ वकिल हुन्छ
दिदीले धारणा राख्नु भयो
भाइ इन्जिनियर बन्नु पर्छ
मास्टर जिले भन्नू भो केटो
मेघाबी छ ,
यसले असल शिक्षक बन्नु पर्छ
साथिहरुले भने
यो राम्रो खेल्छ
खेलाडी हुनुपर्छ ।
सबैले आफ्नो आफ्नो
बिचार राखे ,
अधिकार जमाउन खोजे
मलाइ कसैले बुझेन
मेरो भावाना कसैले कदर गरेन

सबैको बिचारको घानमा पिसिदै
थिल्थिलो भएँ
म रोगी भएँ बिचारको
म भोगी भएँ अम्बलको
अब सबैले एकै श्वरमा भने
यो बिग्रीयो
अब यसलाइ अरब पठाउनु पर्छ
त्यसैले हरियो राहदानी बोकेर
म आएँ अरब
सपना सबैको पूरा भयो होला
मेरो सपना तुहियो आज पनि
किनकी
अझै पनि मलाइ सोधिएन
छोरा,
भाइ
चेलो
त के गर्छस ??
त्यसैले मैले अब फैसला गरे
म सपना देख्दिन
म मेरो बिचार लाड्दिन
मेरो छोरो

यस्तो हुनुपर्छ

उस्तो हुनुपर्छ
भन्दिन
मेरो बिचारले
सपनाले मेरो छोरा
डाक्टर,इन्जिनियर बन्न सक्दैन
छोरा म तलाइ एउटा
अनुरोध गर्छु
बाबू त
असल नागरिक हुनुपर्छ ।
मात्र असल नागरिक
हो
त्यो दिन मेरो सपना पूरा हुनेछ ।।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive