Tuesday, September 30, 2014

लघुकथा-भिन्नता


"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि आराम गर्नु,केहि दवाई पनि लिनु है।पैसा त छ तिमी सँग?" सोमनाथले सुझाब मुलक बिदा दियो

देव्यानी बाहिर निस्कन लागेकि थिइन सोमनाथको फोन बज्यो।
फोनबाटनै खाउला जस्तै गरेर सोमनाथले गाली गर्यो,तिम्रो यो नाटक म बिवाह गरे देखि देख्दैछु,महिना महिनामा यसरी बिरामीको नाटक आखिर कहिले सम्म?तिमिहरुको यो सबै बहाना म राम्रो सँग बुझ्छु।सोमनाथले अफिसनै थर्किने गरि फोनमा कुरा गर्यो।
उता बाट फोनमा के भनियो होला देव्यानीले अनुमान सम्म गरिन्।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive