Tuesday, September 30, 2014

राजिनामा


यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।
"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि होइन?" चर्किदै प्रश्न गरे यमराजले
यो अनायसको प्रश्नले आत्तिए दुतहरु ,निशब्द भए,लुग लुग कामे आउन सक्ने आपतको आँकलन गर्दै।
"किन नबोलेका,किन चुप?" युमराज आँखाबाट आगो निकाल्दै बोल्दै थिए
"यो दुनियाँको राजा हजुरनै हो,युग युग देखि युग युग सम्म।यो विषयमा शंका छैन सरकार।" चाप्लुसिको भाषामा नमन गर्दै दुतले भने
"उसो भए यी मानव भनाउदाले किन मेरो अधिकारको प्रयोग गर्दैछन?आयु नपुग्दै आफ्नो वंशमाथिनै धावा बोल्दैछन।मानिसलाइ मृत्यु लोग पुर्‍याउने काम यिनिहरुको कि मेरो यति धेरै मान्छे मर्न थाले कि अब म यिनिहरुको पाप धर्मको फैसला गर्न पनि नभ्याउने भए,हामीले कालको मिति तेकेका भन्दा पनि बढि मर्नलाले,मारिन् थाले।कालको मिति तोक्ने म कि यि मानाव?यति धेरै लाज हुन थालेकि मानव लोकमा हामीलाई आत्मा यहाँ सम्म ल्याउन धौ धौ हुदैछ।?" प्रश्नहरुको थाकले दुतहरुलाइ टाउको उठाउन असमर्थ भए।राजाको रणचण्डीको रुपले झन त्रसित भए
"यसरी मेरो अधिकार अरुले दुरुपयोग गरेको टुलुटुलु हेर्नू परेको छ,केही गर्न सक्ने स्थिति पनि छैन।त्यसैले आज मैले एउटा निधो गरेको छु।यो मेरो प्रस्ताप माथी तिमिहरुको समर्थन चाहिएको छ,के समर्थन छ होइन?
राजाले आफ्नो कुरा राखे
"सरकार कस्तो प्रस्ताप होला?हजुरको समर्थनमा हामिले जे गर्नु पर्छ त्यो गर्न तयार छौँ।यो जीवन हजुरको नाममा।" दुतहरुले स्विकार गर्ने जनाए।
"ठीक छ" केही प्रसन्न देखिए यमराज
"म यो पदबाट राजिनामा दिदैछु।" यमराजले राज खोले
यो कुराले दुतहरुको खुट्टा लुग लुग काँपे।के गर्ने के भन्ने दोधारमा परे।
यतिकैमा आत्मा बीचबाट आवाज आयो-" यमराजले राजीनामा दिने हो भने म यमलोकको राजा हुन्छु।"
अर्कोले भन्यो "होइन म राजा हुनुपर्छ।"
यसरी यमलोकमा आत्माहरुले खैलावैला मच्चाए,म राजा हुनुपर्छ भनेर युद्द गर्न थाले।
यो सबै देखेर यमराज अनि यमदुतहरु तीनछक्क परे।
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive