Monday, August 30, 2010

- भेट भा'को याहुमा

भेट भा'को याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!- १

म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।।- २
Share:

Saturday, August 28, 2010

गज़ल-९

यता एउटा पिडा,उता देश दुख्छ!
मोटा नेता सबै,सधै जन्ता सुक्छ!!

गर्ने होइन् केहि,देख्यो तिन्को चाला!
पार्क उक्ली उक्ली,नारा सधै फुक्छ!!

चाला छैन निको,बन्ने छैन देश!
गाँस बाँस जन्ता माझ कैले पुग्छ?
Share:

गज़ल-८

गयौ सहिद तिमी एकताको खम्बा गाडेर!
भुले बाटोनै खाए कुपुतले सत्ता बाडेर!!

मर्म मर्मनै देश दुख्नुपर्ने हामी सबको!
खाए सबैले प्यारो सुन्दरता सबै फाँडेर!!
Share:

गज़ल-७

सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!

दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!

अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु!!
Share:

गज़ल-५

हिड्दा हिड्दै दोबाटोमै बहिष्कार भो जिन्दगानी!
अनायसै सबैतिर हारै-हार भो जिन्दगानी!!

फुल्ने रहर सबै तिर लहलह बेलीसरी!
त्यसै आज मरुभुमी तिते झार भो जिन्दगानी!!

छैन ओत देशमानै हेप्नु हेपे यो गोर्खेलाई!
बिदेशिदा हर्ष छैन बीना सार भो जिन्दगानी!!
Share:

Saturday, August 14, 2010

गज़ल-६

मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!

गाँस्यौ माया पैले पागल बनि !
गाँठो नफुका'को भए हुन्थ्यो!!

गयौ अंगालोमा पराइको!
शिर नझुका'को भए हुन्थ्यो!!
Share:

- शब्द निलेर

शब्द निलेर
काब्य बन्ता गर्ने
मेरो कलम
आज
शिथिल छ
युगको आक्रमणले!

मेरो कलमबाट
मुना मदन
Share:

- बिहानी नुतन प्रभात सँगै

बिहानी
नुतन प्रभात सँगै
मेरो कलम
जाँगेको छ
एक बैसालु युवतीझै
आज मेरो कलममा
जोस छ
काब्यको खेती गर्ने
कापीको बक्ष्यस्थल
सिगार्ने
अब लड्ने छ
Share:

- अक्षरहरु हौँ

हामी
हावा हौँ
हामी
पानी हौँ
हामी
ठोस हौँ
हामी
तरल हौँ
हामी
दिन हौँ
Share:

Monday, July 26, 2010

गज़ल-४

कला रोकेर रुक्ला कहा!
कला झुकेर झुक्ला कहा !!

सबै मुहान पूरे पनि !
कला सुकेर सुक्ला कहा!!

काच होइन हिम्मत् मेरो!
कला चुकेर चुक्ला कहा!!
Share:

Wednesday, July 14, 2010

गज़ल-३

यँहा रुदै छु म !
एक्लो हुदै छु म !!

सम्झि उनि लाई!
पिडा धुदै छु म!!

याद भुल्न भनि!
फोटो छुदै छु म!!
Share:

Saturday, June 19, 2010

गजल-२

दुईदुना चार हुने जीवन बेकार /
जीत संगै हार हुने जीवन बेकार //

माया प्रेम खुल्ला छैन समाज बैमानी /
माया भित्रै बार हुने हुने जीवन बेकार //

लुट्न सम्म लुट्यौ तिम्ले बैमानी भएर /
नसोचेको मार हुने जीवन बेकार //
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive