Sunday, December 26, 2010

गज़ल-२४

तिमी पापि,पाप गर्छौ मनोमानि।
पीडा दिन्छौ,अनि हास्छौँ जानिजानि।

माया दियौ फेरी चोट लगायौ नि।
किन मार्छौ मुटु भित्र हानिहानि।।

दया माया तिम्रै पेवा चाहिन्न भो।
किन प्रहार् गर्छौ छेउमै तानितानि।।
Share:

गज़ल-२३

यँहा यस्तै छ दादा!
यँहा उस्तै छ दादा!!

खोइ गर्नु के हाम्ले!
संसार दुष्टै छ दादा!!

पारै लाग्ने नै छैन!
बिकास सुस्तै छ दादा!!
Share:

गज़ल-२२

मुटु मेरो धड्कनबाट बञ्चित छआज।
माया मेरो कता तिर सञ्चित छ आज??

कतै बाटो भुले कतै कर्म चुके छु।
आफै सँग आफै लज्जित छ आज।

कसो गरी भुल्नु मैले तिम्रा ति नयन।
तिम्रो नयन मनमा सज्जित छ आज।
Share:

- देश बनाउछौँ

देश बनाउछौँ
संबिधान'नि लेख्छौँ
छेपारा कथा।१।

नेपाली नेता
यता न उताका छन्
भिरैको चिन्डो।२।
Share:

गज़ल-२१

तिम्ले टेक्ने मैले टेक्ने धर्ती यौटै छ।
तिम्ले देख्ने मैले देख्ने धर्ती यौटै छ।

धेरै गर्यौ कुरा यहाँ बिकाश देशको'
तिम्ले लेख्ने मैले लेख्ने धर्ती यौटै छ।

मेचि दुख्दा काली हाँस्छ कस्तो नियती।
तिम्ले सेक्ने मैले सेक्ने धर्ती यौटै छ।
Share:

गज़ल-२०

लज्जावती झार जस्तै लजाउँने बानि बैमान।
लालीफूल शिरमा सधै सझाउँने बानि बैमान।।

छैन माया छैन खाँचो नआउँहै मेरो छेउमा।
समाजमा ब्यथै ढोल बजाउँने बानि बैमान।।

बेसारे त्यो तिम्रो चाल झस्काउँछ किन सधैनै।
जानाजानि मलाई सधै कजाउँने बानी बैमान।।
Share:

Sunday, December 12, 2010

गज़ल-१९

जिन्दगीको लागि जोहो गर्दै छु!
शिप अनि कला यहाँ छर्दै छु!!

प्रदेशमा छु छ देश मुटुमा!
आशुँ पिई पैसा यहाँ भर्दै छु!!

आशहरु थाति राख्छु चाहना त्यो!
जिउदै मत यहाँ त्यसै मर्दै छु!!
Share:

- यात्रा हो जिन्दगानी

यात्रा हो जिन्दगानी गरौ हामी साथैमा!
गरौ कुरा तिमी हामी के नै हुन्छ बातैमा !!
पिउछु म नयनको नसा माते मातिन्छ!
किन तिमि भर गर्दैनौ मर्दको जातैमा??(एक)
Share:

Saturday, October 9, 2010

गज़ल-१८

तिमि रुदै छौँ किन होला?
एक्लो हुदै छौँ किन होला?

प्यास सँग पो नाता तिम्रो!
गीता छुदै छौँ किन होला ?
Share:

Tuesday, October 5, 2010

- फूलै फूल्यो चमेली

फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।- १

इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ
Share:

Monday, September 27, 2010

गज़ल-१७

तिमीलाई लान्छु मत, मनै छाँटी लान्छु!
केहि क्षण मात्रै पर्ख,डोलि माथि लान्छु!!

अती गर्छौँ तिमि पनि,सोच्नु छैन केही!
जोर्दै छु म धेरै धन,साँच्चै आँटि लान्छु!!

टाढा भयौ तिमि हामि,समयको बलमा!
उच्च पार्न माया-प्रेम,साथ बाटि लान्छु!!
Share:

Sunday, September 26, 2010

गज़ल-१६

आँखामा आँसु दिएर गयौँ!
मीठो त्यो पल नै लिएर गयौँ!!

आफुले सुख पाउँन सधैँ!
अमृत एक्लै पिएर गयौँ!!

गह्रो छ भुल्न बितेका क्षण!
यादैमा सधै जिएर गयौँ!!
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive