Wednesday, August 20, 2014

"नयाँ जागिर"

लघुकथा- "नयाँ जागिर"
निराजन प्रभात लुइँटेल
"कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।
"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स पाएकि रैछ त्यो पैसा बाट केहि पैसा मलाइ रमाइलो गर्न दिएकि थिई,त्यसैको आजको रातमेरो बहिनिको नाम।सालिनिलाई मैले फोन गरेको थिए नयाँ दुई परी (नयाँ माल< हाम्रो भाषामा) आएकाछन् रे तिमीहरु दुईको लागी नयाँ परी मेरो त सालिनी छदै छे।"
हामी तीन मित्र तीन अलग अलग कोठामा पस्यौ।
Share:

Wednesday, August 6, 2014

कथा-बिदेश यात्रा !!


पहिलो पटक देश छोड्दै थिएँ,झोला,हरियो पासपोर्ट अनि मन भरी रंगिन सपनाको भारी बोकेर हुइकिएँ दोहा ।कतारको निजि बिमानमा पसे ,एक पटक बाहिर हेरे आँखाको भेल रोक्न सकिन ,गोजिभित्रको रुमालले बार लगाउन खोजे तर ब्यर्थ काँहा रिकिनु त्यो बेतालको खहरे बगिरहयो गालाको बाटो हुँदै । विशाल विमान अनि ३० बिसा मान्छेको भिडमा एक्लो भएँ म । बिमानले भुइ छोड्यो मन झन आत्तियो,बेगमा हानियो विमान आफ्नो लक्ष भेट्न म भने बिना लक्षको भएँ।
पिसाबले च्यापेर ट्वाइलेट गएँ ,ढोका खोल्न खोजे खुलेन । होस्टेजले सुरिलो श्वरमा सोधिन Any problem sir? कुरो आधा बुझे तर समस्या बताउन सकिन।आफै सँग रीस उठ्यो ,अंग्रेजी पढ्ने समयमा कक्षामै उगेको याद आयो । हातको सहाराले देखाएँ ढोका खुलेन भने ।हाँस्दै उनिले ढोका खोल्दिइन म भित्र गएँ एक हातले ढोका समाएँ अनि हल्का भएँ । लजाउदै बाहिर निस्किएँ र आफ्नो स्थानमा बसे । खाना आयो खानै मन लागेन । चिया आयो पिउनै मन लागेन । कुनै कुनै साथिले बियर पिएको देखेर इसाराले मैले पनि मागेर एकै झड्कामा रित्याएँ ।
Share:

गजल -2069-5-12

निराजन "प्रभात" लुइँटेल

तिमी रुन जान्दछौ कि जान्दैनौ जाँच्न मनछ।
सम्झि सम्झि तिम्रो सबै हर्कत हाँस्न मनछ।

गर्यौ माया कति भनि तौलने निधो गर्दै।
टुक्रा टुक्रा पार्दै चुरा काँचको भाँच्न मनछ ।।
Share:

Wednesday, July 16, 2014

लघुकथा-"धुम्रपान स्वास्थकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।

उसको पातलो कमिजको खल्ती भित्र राखिएको चुरोटको बट्टामा लेखिएको "धुम्रपान स्वास्थकोलागी हानीकारक छ" प्रष्टै देखिन्थियो।
Share:

लघुकथा-माली


एउटा मालीले वर्षौ सम्म फूलबारीको हेरबिचार गर्यो।जब ती फूलहरु फुले ढकमक्क उसैले मायानै नगरी टिपेर बेच्न थाल्यो।
Share:

लघुकथा-दुःखको कमाई


पूरै कोठा थर्किने गरि मेरो साथी फोनमा कुरा गर्दै थियो,के बिदेशमा पैसाको बोट छ?कति पठाउनु पैसा मैले अस्ति भक्खर तीन महिना अगाडि त पठाएको थिए। के घर परीवारको जिम्मेवारी मेरो मात्र हो?के थाहा हजुरहरुलाई यहाँ कति दु:ख छ भन्ने।यस्तै के के हो के के,पूरै दुःखको कहानी ।
Share:

Tuesday, July 1, 2014

कथा-प्रयोग नम्बर एक


निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार​​


मिति ३०३० साल
स्थान चन्दमा  प्रयोगशाला
प्रयोग नम्बर #१
ठूलो भवन
मा​म छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै छ।बुढेसकाल भन्नू एक्लो जीवन,एक जना कियर गिभरको साथ सधैँ।आफ्नो शरीर आफुलाई घाँडो हुदा पनि केही गर्न नसकिने।पहिला पहिला धेरै बाँच्ने आशाले दिर्घजिवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु ?छोरा छोरी छन भन्नू मात्र,कोहि मंगलमा रे कोहि चन्द्रमा रे,त्यो   ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ,पहिला म सानो हुदा फेसबुक थियो,अहिले टाइमबुक भा छ।यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ,आफू जस्ता सँग कुरा गर्यो,सधैँ समान कुरा,सबैको भोगाई एक,उस्तै दुरुस्तै।गुनासो गरौ कहाँ गरौँ?कति क्रुर छ यो विश्व सरकार,पहिला जस्तो यहाँ छैन देश सबै एक देश,एक भेष,एक भाषा।सेक्स (स्त्री,पुरुष बीच)बन्देज छ यहाँ,सबै मेशिन बाट हुन्छ काम।बाबुको छोरा को चिन्न कठीन छ,ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नु पर्छ।यहाँ कोहि गरिब छैन,कोहि धनी छैन।सबैलाइ समान हक अधिकार छ।समान श्रम,समान उपयोगिता।न धर्म छ न युद्द छ।
आज यो विश्व सरकार,विश्व जनता अनि विश्व बैज्ञानिकको लागि बिशेष दिन,आज यो प्राविधिक युगको नयाँ क्रान्तीको प्रयोग हुने दिन अनि म त्यो प्रयोगको लागि छानिएको म ।कता कता खुशी लाग्दैछ,कता कता दुख पनि।अनौठो अनुभव हुदैछ ।आज बिश्व  जनता बडो कौतुहलता भएर यो बिशेष दिनलाई हेर्दै छन।
Share:

Thursday, June 5, 2014

गीत By निराजन प्रभात लुइँटेल

यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
 nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com

यता उता सधैँ आँखा जुधाउँछ्न  किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।


सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु चुकाउँछ्न किन।।
Share:

Tuesday, June 3, 2014


कान्तिपुरमा छापिएको मेरो लघुकथा।
Share:

मेरो परिवार,दादाको बिवाहमा लिएको फोटो।।
Share:
छोराको नयाँ पहिरन।
Share:

खोइ के भन्नू


देवता पनि नि

शिव गाँजा,भांग धतुरो खान सिकाउछ्न
कृष्ण - रसलिला सिकाउछन
ब्रह्मा - दारी पाल्न सिकाउछन
बुद्ध - राता रात घर छोड्न सिकाउछन
अनि मैले चाहि
गाँजा खाए 
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive