Tuesday, February 24, 2015

गजल-01-02-2015

हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !
तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ??
Share:

रेगिस्तान र प्रेम दिवस !!

नोस्टाल्जिक यादहरुको
फेवा असरल्ल छन्
उर्लिन्छन इन्डियन सि मा जुनेली रातको छाल झै
छुन्छन यी वालुवामा पोखिएको मनलाई
दुख्नुको पीडा
बालुवामा बैँस विसर्जन गर्नुको पीडा
रहरहरुको सुमेरु पर्वत तील समान हुन्छन्
जब बल्झिन्छ याद
सुनामी पस्छन मनको वस्तिमा
तत तत समय पुग्छु तिम्रो
रंगिन प्रेम नगरीमा
डुबुल्की मार्छु
डुब्छु
उत्रिन्छु
Share:

गजल -20-02-2015




नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।

खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।
Share:

Tuesday, February 3, 2015

रुबाई !!


हुनु पर्ने हामी दूर किन होला?
साँचै छौ नि मजबुर किन होला??
लेख्ने दैव घाती रैछ दियो सधैँ
आँसु मात्रै भरपूर किन होला??
Share:

मुक्तक

एउटी छे दिलवाली गर्छे मन परि ।
देखाउदै सिउँदो खाली गर्छे मन परि।
कातिल छन् नजर उस्को मृग नयनी ती ।
इशाराले डाक्दै काली गर्छे मन परि ।
Share:

मुक्तक

देश मेरो उसको सबैको हो साथी ।
हुन्छ यहाँ शान्ती संविधान माथी ।।
देश दुख्दा फुक्ने बाँसुरी चलन छ ।
यस्ता नेताहरु नहुनुनै जाती ।।
Share:

सुखी जीवन !!



मेरो साथी
रहरको बिफकेश बोक्छ
मरी मरी उचाल्छ
पूरा अपूरा रहर सम्हालेर राख्छ
डिजिटल भोटे ताल्चा ठोकेर
तिनै रहर बोकेर सुत्छ
उठछ
सुम्सुमियाउछ
रुन्छ
हाँस्छ
आफ्नै कयौ रहरको मलामी जान्छ
बर्बराउछ
डेट स्पायर रहर
सम्झिएर दुखी हुन्छ !
Share:

रुबाई ।


दिन त दियौ तिम्ले मुटु उपहार दियौ ।
नरुन सके नहाँस्न कस्तो यो बहार दियौ ??
खेल्यौ रस हुदा सम्म मनमौजी सधैँ नै ।
भएसी शुष्क बदन ,गतिलो प्रहार दियौ ।
Share:

मुक्तक

ती हरेक प्रहर आत्मिय लाग्छ ,
तिम्रो प्रेमिल भर आत्मिय लाग्छ ।।
नछु साथै नदुर भा'को हुन्छु म ,
हामी हिड्ने डगर आत्मिय लाग्छ ।।
Share:

यो मुटुको धड्कन

यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन् 
Share:

मेरो साथी चिच्याउदैछ


टाउकोले जमिन टेकेर
मेरो साथी चिच्याउदैछ हिजो आज 
अरे यार यो आकाश उल्टो छ 
मान्छे उल्टो हिड्डैछन 
उ त्यो प्रकृति उल्टो छ ।।
Share:

Tuesday, December 23, 2014

लघुकथा- "मन"


निराजन "प्रभात" लुइँटेल
मतान कोठामा पढेर बसिरहेको थिएँ,पढेको के थिएँ केबल किताब खोलेर बसेको थिएँ म।बाहिरबाट गुनगुन आवाज आउँदै थियो,कान थापेर सुने।
"यसले गर्नु गर्यो,अब अतिनै भयो।कसरी तह लगाउँने होला यसलाई?"बाको आवाज
"हो त एक दिन दुई दिन कति खप्नु हो?कलिलैमा यस्तो गर्दै छ पछि के होला यसको ज्याजती?"दाजुले थप्नु भो
"अब यसलाई केहि गर्नै पर्छ।कसरी हुन्छ् यसलाई लाईनमा ल्याउँनु पर्छ।यसले बिगार गरेको समयमा ढुकेर हुन्छ कि के गरेर हुन्छ यसलाइ अब समात्नै पर्छ रङ्गे हात /"दिदी पनि बोली बिचमा जान्ने भएर।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive