Wednesday, February 2, 2011

3 रुवाई /मुक्तक


धुप मानेर जलाईदियौ जली रहे ।
दिलमा आगो सल्काइदियौँ बली रहे  ।
किन यसरी पराइ हुन्छौँ कालु ।
तिमी आउँने  बाटो हेरी गली गरे  !!!
Share:

Tuesday, February 1, 2011

गज़ल-५२


मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!

पैले माया गाँस्यौ पागल बनि !
गाँठो नफुकाको भए हुन्थ्यो!!

गयौ अंगालोमा पराइको!
शिरनझुकाको भए हुन्थ्यो!!

Share:

Monday, January 31, 2011

गज़ल-५१


सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!

दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!

अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु!!
Share:

गज़ल-५०


दुनिया मान्नु पर्छ गज्जबको । 
मार्गपो जान्नु पर्छ गज्जबको । 

भाग्यकै पछि भाग्छन् सबैनै!
कर्मपो छान्नु पर्छ गज्जबको

फर्किन्न बग्ने खोला कहिलै!
मौकानै हान्नु पर्छ गज्जबको!!
Share:

Sunday, January 30, 2011

दुई गेडीहरु।


दुई गेडीहरु।।
 छैन माया ठिकै छ,किन गर्नु झगडा,
उस्को माया पोख्रेली ,मेरो माया बगडा।।
यस्तै भो,
मेरो धेरै माया सस्तै भो।(एक)
Share:

गज़ल-४९


समयनै बलवान,जमना फेरिन्छ।
बाँच्ने सोच याद सँगै,बहना फेरिन्छ।।

यात्री म त यात्रा गर्छु,जीवन जगत।
एक झोक्का घात सँगै,रमना फेरिन्छ।।

आज लामा भोलि छोटा,यस्तै हो फेसन।
युग सँगै युवा पुस्ता,चाहना फेरिन्छ।।
Share:

Tuesday, January 25, 2011

गज़ल-४८

शब्दले मन छुन सक्छ ।
शब्दले मन रुन सक्छ । ।

यादमै रम्दा सधैं सधैं ।
शब्दले मन धुन सक्छ ।

एक्लै म हुदा रात भर।
शब्दले जुन हुन सक्छ।।

Share:

गेडी २

गेडी(१)
भेट भाको याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!

Share:

गेडीमा आज एउटा दोहोरी

गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(केटा)
Share:

(शुभ-दिनको सुरुवात

मैले लेख्दै गरेको उपन्यास-"प्रभात(शुभ-दिनको सुरुवात)" बाट एक अंश हजुरहरु माझ राखेको छु,उचित सुझाब को आशामा-निराजन)

अशोज महिना तोक्मे डाँडाको चिसो सिरेटो,मनमा नयाँ कपडा लगाउने रहर ।काकी र म कपडा किन्न भनि आज बजार गएका थियौ,यसै सिलसिला मा हामी एउटा कैयाको पसल मा गयौ ।त्याहा मैले एक मन पर्ने कपडा देखे त्यो किन्न लगाइ हाले ।काकी भने अरु लाइ कपडा हेर्दै हुनु हुन्थियो,त्यही समय मा मेरो नजर बाटामा हिडिरहेको काली मा पर्‍यो ।म छक्क परे काली पनि बजार ।काकी लाई एक छिन म यसो बहिर घुमेर आउछु भन्दै कैयाको बाट निस्किए ।
काली लाई पछि लागे अनि उनको नजिकै पुगेर बोलाए ए!काली ।एक्कासी कसैको मुख बाट आफनो नाम त्यो पनि यो टोक्मे बजार मा लिदा आस्चर्यमा पर्दै पछाडि फर्किन ।

Share:

गज़ल-४७

माया बेकार बसाले !
आज आँशुपो खसाले!!

भए घरबार बिहिन !
साढे सातको दसाले!!

जाउ कहाँ उम्केर ?
खाल्टो भित्रैपो भसाले!!

Share:

गज़ल-४६

लुट्यौ खुशी सबै छानी-छानी /
घृणा गर्छौ दया मानी-मानी //

रोक्यौ मार्ग तिम्ले प्रगतिको /
हिंड्न भन्छौ खुट्टा तानी-तानी //

बाँच्न कहाँ सक्छु तिमी बीना /
किन त्याग्छौ सबै जानी-जानी // 

Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive