Wednesday, July 16, 2014

लघुकथा-"धुम्रपान स्वास्थकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।

उसको पातलो कमिजको खल्ती भित्र राखिएको चुरोटको बट्टामा लेखिएको "धुम्रपान स्वास्थकोलागी हानीकारक छ" प्रष्टै देखिन्थियो।
Share:

लघुकथा-माली


एउटा मालीले वर्षौ सम्म फूलबारीको हेरबिचार गर्यो।जब ती फूलहरु फुले ढकमक्क उसैले मायानै नगरी टिपेर बेच्न थाल्यो।
Share:

लघुकथा-दुःखको कमाई


पूरै कोठा थर्किने गरि मेरो साथी फोनमा कुरा गर्दै थियो,के बिदेशमा पैसाको बोट छ?कति पठाउनु पैसा मैले अस्ति भक्खर तीन महिना अगाडि त पठाएको थिए। के घर परीवारको जिम्मेवारी मेरो मात्र हो?के थाहा हजुरहरुलाई यहाँ कति दु:ख छ भन्ने।यस्तै के के हो के के,पूरै दुःखको कहानी ।
Share:

Tuesday, July 1, 2014

कथा-प्रयोग नम्बर एक


निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार​​


मिति ३०३० साल
स्थान चन्दमा  प्रयोगशाला
प्रयोग नम्बर #१
ठूलो भवन
मा​म छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै छ।बुढेसकाल भन्नू एक्लो जीवन,एक जना कियर गिभरको साथ सधैँ।आफ्नो शरीर आफुलाई घाँडो हुदा पनि केही गर्न नसकिने।पहिला पहिला धेरै बाँच्ने आशाले दिर्घजिवन भ्याक्सिन लगाइयो तर हिजो आज मर्न मन लाग्छ तर मनले के गर्नु ?छोरा छोरी छन भन्नू मात्र,कोहि मंगलमा रे कोहि चन्द्रमा रे,त्यो   ल्यापटपमा कति दिन बिताउनु झुर लाग्छ,पहिला म सानो हुदा फेसबुक थियो,अहिले टाइमबुक भा छ।यो टाइमबुकमा आफ्नो उमेरका दौतरी मात्र जोड्न सकिन्छ,आफू जस्ता सँग कुरा गर्यो,सधैँ समान कुरा,सबैको भोगाई एक,उस्तै दुरुस्तै।गुनासो गरौ कहाँ गरौँ?कति क्रुर छ यो विश्व सरकार,पहिला जस्तो यहाँ छैन देश सबै एक देश,एक भेष,एक भाषा।सेक्स (स्त्री,पुरुष बीच)बन्देज छ यहाँ,सबै मेशिन बाट हुन्छ काम।बाबुको छोरा को चिन्न कठीन छ,ट्यागको आधारमा आफ्नो हर्मोन चिन्नु पर्छ।यहाँ कोहि गरिब छैन,कोहि धनी छैन।सबैलाइ समान हक अधिकार छ।समान श्रम,समान उपयोगिता।न धर्म छ न युद्द छ।
आज यो विश्व सरकार,विश्व जनता अनि विश्व बैज्ञानिकको लागि बिशेष दिन,आज यो प्राविधिक युगको नयाँ क्रान्तीको प्रयोग हुने दिन अनि म त्यो प्रयोगको लागि छानिएको म ।कता कता खुशी लाग्दैछ,कता कता दुख पनि।अनौठो अनुभव हुदैछ ।आज बिश्व  जनता बडो कौतुहलता भएर यो बिशेष दिनलाई हेर्दै छन।
Share:

Thursday, June 5, 2014

गीत By निराजन प्रभात लुइँटेल

यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
 nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com

यता उता सधैँ आँखा जुधाउँछ्न  किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।


सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु चुकाउँछ्न किन।।
Share:

Tuesday, June 3, 2014


कान्तिपुरमा छापिएको मेरो लघुकथा।
Share:

मेरो परिवार,दादाको बिवाहमा लिएको फोटो।।
Share:
छोराको नयाँ पहिरन।
Share:

खोइ के भन्नू


देवता पनि नि

शिव गाँजा,भांग धतुरो खान सिकाउछ्न
कृष्ण - रसलिला सिकाउछन
ब्रह्मा - दारी पाल्न सिकाउछन
बुद्ध - राता रात घर छोड्न सिकाउछन
अनि मैले चाहि
गाँजा खाए 
Share:

Monday, June 2, 2014

गीत,

खाली मुटु तिम्रै ठाउँ तिमी भित्रै पस्नु । 
यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।। 

जुन तिमी सधैं सधैं शीतलताको खानी । 
घुर्की धम्की धेरै माया अनौठो त्यो बानी ।। 
एक्लो हुन्छु हिजो आज अङगालोमा कस्नु । 
यसै गरी सधैं तिमी मुटुभित्र बस्नु ।। 
Share:

परदेशी

निराजन प्रभात लुइँटेल -
म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ, उनलाई केही त भएन? भाइ फटाहा छ कतै झगडा त गरेन?
यस्ता अनेक शंकाले मनमा डेरा जमाए। अझै मिसकल आउने क्रम रोकिएन। फोनमा ब्यालेन्स थिएन। फोरमेनसँग अनुमति लिएर म दुकान गएँ।
घरको नम्बरमा फोन गरेँ। उताबाट रुन्चे स्वरमा ‘हेलो’ भन्यो। त्यो मेरो ४ वर्षको छोरा थियो। ‘बाबु के भो,’ मैले अड्किँदै सोधेँ।
Share:

भुराका कुरा

भुराका कुरा केटा केटी उमेरमा म ज्यादै उट्पट्याङ्ग थिएँ।हुनपनि त्यो उमेरनै त्यस्तै हो।अरु भुराभुरी भन्दा भिन्न पहिचान थियो मेरो ,खाइलाग्दो कद काला काला चक्षु,पढाइमा पनि अब्बल थिएँ म।पढाइमा अब्बल हुनाले मैले फटाइ गरे भनेर कसैले सरहरुलाई भने पनि सरहरुले पत्याउने होइन,जसले गर्दा धेरै पटक म सजायबाट बच्ने गर्थे।मैले भनेको नमान्ने कमै केटा साथिहरु थिए होलान त्यो समयमा।एक प्रकारले म अघोषित लिडरनै थिएँ।अरुको बारीको आरु,आरुचा,आरुबखडा,काक्रो,नासपाती,दारिम,सुन्तला त कति चोरीयो कति खाइयो कति त्यसको लेखा-जोखानै छैन। म धेरै जसो प्लान बनाउनेमा पर्थे (चोर्ने प्लान क्या) अनि साथिहरुलाइ चोराएर आफू भने टाढाबाट रमिते बन्थे,कतै आकल झुकल पक्री हाले पनि आफू त रेसम फिरीरी।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive