चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।
बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।





