Friday, October 17, 2014

कथा- सुखद् दिन



चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।

बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।

Share:

त्यो दिनको देउसी!!

म सानै हुदा देखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी दशैमा मामाघर,मुलघर,यता उता कता कता टिका लगाउन पनि जानु पर्ने,गाडी उस्तै भिड त्यसैले दसैँ भन्दा तिहारले मनमा डेरा जमाएको हुनुपर्छ।अन्य कारण पनि होलान् यहाँ सबै कारण लेख्न उचित नहोला।वातावरण फूलै फूलको,सबैको घर आँगन फूलको वासनाले सुवासित भएका हुने,सबैको मुहारमा खुसी,रौनक।सबै तिर झिमिमिलि,मिठा मिठा खाने कुरा सबैको भान्सामा बन्दै अहो! कस्तो मज्जाको समय।कुरा धेरै पहिलाको हो त्यो बेला मा ११मा पढ्थे ,२०६० सालको कुरो हुनुपर्छ ।यो सालको तिहार आउदा त्यो तिहारको ११ वटा वसन्त बितेको हुन्छ। त्यो बेलाको तिहारको कुरा,रमाइलो चाडको कुरा।जसरी दशैले बिदाइको हात हल्लाएर हामी माझबाट गयो,लगत्तै तिहारले आफ्नो आगमतको निम्तो दिन थाल्यो सबै तिर फूल फुलाएर,वातावरण रंगिन बनएर,फूलको वास्नाले सुगन्धित पारेर।तिहारको आगमनको खबरले फेरी मेरो मन तरंगित भयो,बहिनीको हातको टिका लगाउने,अनि देउसी खेल्ने रहरले।
Share:

Tuesday, September 30, 2014

लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।
Share:

लघुकथा- महान ब्याक्तित्व !!

कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो परम्परा अनि सान भएकोछ,यो परम्परा बन्द हुनुपर्छ।
Share:

लघुकथा- "जीउँदो"


म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"
सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले मायालुपलको स्पर्श दिए।
Share:

लघुकथा-भिन्नता


"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि आराम गर्नु,केहि दवाई पनि लिनु है।पैसा त छ तिमी सँग?" सोमनाथले सुझाब मुलक बिदा दियो
Share:

राजिनामा


यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।
"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि होइन?" चर्किदै प्रश्न गरे यमराजले
यो अनायसको प्रश्नले आत्तिए दुतहरु ,निशब्द भए,लुग लुग कामे आउन सक्ने आपतको आँकलन गर्दै।
"किन नबोलेका,किन चुप?" युमराज आँखाबाट आगो निकाल्दै बोल्दै थिए
Share:

लघुकथा- "मैले ९ मिनेटमा लेखे नि"


सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना देखि लेख्न सकिएन भनेको मैले ९ मिनेटमा लेखे नि।"
Share:

कविता - मेरो सपना

बाले देखे सपना 
छोरो डाक्टर भएको ।
आमाले देखिन सपना
छोरो प्रशाशक भएको ।
दाजुले भन्नू भो
भाइ वकिल हुन्छ
दिदीले धारणा राख्नु भयो
भाइ इन्जिनियर बन्नु पर्छ
मास्टर जिले भन्नू भो केटो
मेघाबी छ ,
यसले असल शिक्षक बन्नु पर्छ
साथिहरुले भने
यो राम्रो खेल्छ
खेलाडी हुनुपर्छ ।
सबैले आफ्नो आफ्नो
बिचार राखे ,
अधिकार जमाउन खोजे
मलाइ कसैले बुझेन
मेरो भावाना कसैले कदर गरेन
Share:

मित्रता-दुस्मनी

हिजो सँगै फाडेको तिते घारी के तिम्रो मात्र हो, यसमा के मेरो पसिना चुहिएको छैन ? हिजो सम्म सँगै हामी हिड्ने बाटो कसरी भिन्न हुन सक्छ? तिम्रो बाजे मर्दा , मेरो हजुरबुबा मर्दा काँध दिने हामी किन बाँडिएका छौ? के यसलाइ परिवर्तन मान्ने?
हाप्पारे,देउसी उस्तै थिएनन दशैको टीकामा मैले खसी ढाल्दा तिमिले रागो ढालेको भुल्यौ? सुँगुर पोलेको बिर्सियौ? हिजो सम्म न जाँड गन्हायो मलाइ न तिमिलाइ घिन लाग्यो मोहि के परिवर्तन फुटेर मात्र हुन्छ?
Share:

कविता-भट्टी मै लेखिन्छ रे ।।


जब भट्टी देख्छु
तब तब
मेरो मन चुक्चुकाउछ 
यति भट्टी नहुदो हो त
राजनिती
कुटनिती
बहुनिती
पीडा
हर्ष
यस्ता
अनेक
उत्वेग
सम्वेग
सायद मनमै
उकुसमुकुस हुन्थे
अनि फुट्थे होला मनैमा
अहिले देशी बिदेशी
बोतल फुटे झै
बिचरा मनहरु ।।
Share:

कविता- "भो अल्पज्ञानमा फुट नल्याउ"


किरात योनिबाट
उ जन्मियो
बाहुन योनिबाट 
म जन्मिएँ
हामी दुबैको अंग
लगभग उस्तै दुरुस्तै
केबल केहि आकारको फरक
उ जन्मिएको खुशिमा राँगो काटियो
म जन्मिएको खुशिमा खसी
भोज आखिर उसको घरमा
अनि मेरो घरमा सबै तिर
पात्रो पल्टिदै गयो
दिन,हप्ता,महिना,साल
फेरिदै गए
हाम्रो आकार पनि बदलियो
सोच बद्लियो
उ बलवान थियो
म लुरे
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive