Thursday, March 19, 2015

फेसबुकको भेट -२

जीवनमा यस्तो छटपटी कहिले पनि भएको थिएन,रातको समयमा पनि कति पटक उठेर भित्र बाहिर गरे,कति पटक मोबाइल खोलेर हेरे,बन्द गरे।फिटफिटीले मलाई रुग्न बनाएको थियो।आफुलाईनै नाताकत भएको अनुभव हुदै थियो।हो मैले गल्ती गरे मनले यसै भन्दै थियो तर दिमाग मान्न तयार थिएन।मन दिमागको युद्धले झन् आक्रान्त भएँ।यो समयमा मनको उत्वेग कसलाई सुनाउ?आफै भित्र राखै पनि चुली चुली हुदै बढ्दै गएको महसुस गर्दै थिएँ।सिरानीले मुख छोपेर सुत्न खोज्दा पनि त्यहि आवाज मेरो कानमा ठोकिदै गर्थे,अहो कस्तो बाध्यता,कस्तो नियती? धिक्कार मलाइ अनि मेरो त्यो गल्तीलाई।
रात भरको छटपटीले खोइ कुन समयमा निन्द्रा देवीको बहुपासमा बेरिएँ पत्तै भएन बिहानको 9 बजे निन्द्राबाट बिउझिएँ,घरबाट श्रीमतीको मिसकल 15/16 वटा आएको रैछ,बिहानै सधै फोन गर्थे आज ढिला सम्म फोन नगर्दा उताको मन आत्तिएको होला अनुमान लगाएँ। आज शुक्रवार हुनाले कामको चटारो थिएन,ढिला उठनु सँग यसैको संयोग मात्र हो नत्र बिहानै काँचो आँखा लिएर मेलो जानू पर्ने हुन्थियो अझै मेरो दिमाग,मन ठेगानमा थिएन घरमा फोन गरे मेरो निन्द्रा बाट भक्खर बिउझिएको आवाज सुनेर श्रीमती आत्तिइन के भो हजुर बिरामी होइन? सधै यो बेला अगाडीनै फोन गर्ने हजुर आज फोन नआउदा मेरो मन कम्ता आत्तिएको होइन हजुर निष्ठुरी भन्या मेरो शंका सत्य थियो आज शुक्रवार हुनाले अलिक ढिला सुतियो त्यसैले ढिलानै उठियो मैले स्पष्ट पारे मनको हुटहुटी उनिलाई पोख्न मन थियो तर दिमाग डराउदै थियो,कतै उनिले गलत अर्थ लगाएर रीसाउने होइनन् ? दिल,अनि दिमागको युद्दले टोलाएछु होइन हजुरलाई के भएको एक्लै बोल्दैछु हजुर कता हेलो हेलो हेलो श्रीमतीको यो शब्दहरुले पून चेतमा आएँ। मन भरी भरी भावनाको भेल थियो, भावनाको भेलमा हेलिदै थिएँ। भाव धारमा रेटिदै थिएँ आज मन कदापी थिएन निको आराम सोध्ने औपचारिक हुन सक्दै सकिन चाहेर पनि मेरो पीडाको आँकलन उनिलाई परि सकेको हुनुपर्छ उनले कर गरिन आखिर के भा हजुरलाई ? भन्नुस् हजुरको दुखमा दुख्न चाहन्छु हजुरको आँसुमा रुझ्नु छ। पोखिनुस असरल्ल भएर मेरो पछ्यौरीमा थाप्नेछु के हजुरको पीडा,खुशिको भागिदार होइन,ती अग्नि घुमेर खाएको कसम भुल्नु भयो?
Share:

कथा- फेसबुकको भेट- 1

म्यासेज बक्समा रातो बत्ति बल्यो मैले हेरे कुनै परिचित लाग्ने फोटो भएको तर अपरिचित नामबाट संदेश आएको रैछ।"किन हो माया मारेको?" केहि गम खाएँ,घोत्रीएँ,याद गर्न खोजे त्यो नामलाई तर सबै शुल्य शुन्य।"मैले चिनिन नि हजुरलाई,माया गरेको भए पो माया मार्नु?" अलिक कडारुपमै प्रकट भएँ कि झै लाग्यो तर इन्टर दबाएँ। उता बाट "निष्ठुरी तिमी " जवाफ आयो,अकल्पनिय थियो मलाई यो जवाफ। अब मैले पक्कै यो नाम सँग परिचित हुनै पर्छ भन्ने कल्पिएर प्रश्न गरे "हजुरलाई मैले दिलमा हात राखेर भन्दैछु चिनिन नि?" अब आउन सक्ने जवाफहरुको आँकलन गर्दै बसे म।पून सम्झिन खोजे त्यो मुहार,त्यो नाम।
"यसरी भुल्नेछौ भन्ने मैले सोचेको थिइन,तिमीहरु ढुङ्गाको मन हुने केटाहरु है।"पून उस्तै जवाफ आयो,अझै परिचय दिन तयार थिइन,उसले मलाइ ठूलै सकस दिदै थिई,दिमागका प्रतेक तन्नुलाई सकृय बनाउदा पनि मैले उसलाई चिन्न सकिन,चिन्न खोज्ने चहनाको बेगवान हुरिले हुर्रिएँ,कसो कसो आफुलाई सम्हाल्दै किबोर्डमा हात राखे।खोइ किन किन मेरो हात काँप्दै थिएँ,काँपेको हात अनि दिमागको बेठेगान बीच केहि टाइप गरे।"प्लिज तिमी(मैले तिमी संबोधन गर्दा दुई पटक सोचिन)को हो?यसरी भुलभुलौयामा नधकेल न।यदी मेरो हित चाहन्छौ भने आफ्नो परीचय देउ।"
Share:

मुक्तक

गरिबको घरमा सधैं घोप्टिएको मानो छ ,
धरती ओछ्यान खुल्ला आकाश छानो छ ।
Share:

Tuesday, February 24, 2015

गजल-01-02-2015

हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !
तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ??
Share:

रेगिस्तान र प्रेम दिवस !!

नोस्टाल्जिक यादहरुको
फेवा असरल्ल छन्
उर्लिन्छन इन्डियन सि मा जुनेली रातको छाल झै
छुन्छन यी वालुवामा पोखिएको मनलाई
दुख्नुको पीडा
बालुवामा बैँस विसर्जन गर्नुको पीडा
रहरहरुको सुमेरु पर्वत तील समान हुन्छन्
जब बल्झिन्छ याद
सुनामी पस्छन मनको वस्तिमा
तत तत समय पुग्छु तिम्रो
रंगिन प्रेम नगरीमा
डुबुल्की मार्छु
डुब्छु
उत्रिन्छु
Share:

गजल -20-02-2015




नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।

खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive