एक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो यो मरुभूमिको देशमा । यहाँको नियम कानुन अनि देश विकासको खाका देखेर म सधै अचम्मित हुन्थे । बालुवाको ठिस्कोलाई सुन्दर शहर,शुन्दर बगैंचा बनाएर विश्व मानचित्रमा पावर लेन्सले हेर्नू पर्ने नक्सा भएको देश आज सबैको नजरमा विकशित देश भनेर चिनिन पुगेकोछ । आखिर भएको श्रोत साधनको सहि सदुपयोग हुन सक्दा हाम्रो देशमा पनि यसरी विकास गर्न सकिन्न र ? यी र यस्ता प्रश्नले मनमा हुटहुटी पैदा नगरेको पनि होइन । राजनीतिक खिचातानीले खिन्नता भएको युवा मन अरुकै देशमा पसिना पोख्दैछौ ,दुख लाग्छ यत्रो श्रम शक्ति भएको देश आज पलायन हुदैछ आफनै कारण । मलाइ लाज लाग्छ विदेश बसेर खोक्रो राष्ट्रियता भुक्नलाइ ।
Thursday, August 27, 2015
Friday, August 14, 2015
काठमाडौँमा एक दिन , स्मृतिमा दिन दिन ।
आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव बटुल्नु छ। केही आशाले, केही उत्साहले मन पुलकीत हुनु सामान्य मानें।
भंगालबाट सुरुभएको यात्राको पहिलो चरण स्वरूप रोकिएँ गोपिकृष्ण हल अगाडि। गाडीको लाम, बेतुक कुदेका मोटरसाइकल, बस, माइक्रो नियालें अनि बाटाका धेरै थान पैदल टाउकाहरु पनि। यतिविघ्न टाउकाहरु कहाँ हिडेका होलान् , यिनिहरुको लक्ष्य/गन्तव्य कहाँ होला? मजस्तै समय गुजार्न मात्रै पो दगुरेका हुन् कि? प्रश्नहरुको खातले रन्थनिएँ। एउटा माइक्रो छेउमै आएर रोकियो। खलासी हेरें, सानो फुच्चे तर कडा आवाज भएको ‘दाइ कहाँ जाने? आउनुस्….आउनुस्….बस्नुस्’ भन्दै चिच्यायो। म फकीर त्यहि माइक्रोमा चढें। चढें पनि के भन्नु, किचिएँ। टाउकाहरुको थानले अटेसमटेस म शरीरको मध्यभाग टेको लगाएँ। खलासी भाई, बेप्रवाह कराइरह्यो। मान्छे चढे, उत्रिए। म भने चुपचाप चुपचाप।
भंगालबाट सुरुभएको यात्राको पहिलो चरण स्वरूप रोकिएँ गोपिकृष्ण हल अगाडि। गाडीको लाम, बेतुक कुदेका मोटरसाइकल, बस, माइक्रो नियालें अनि बाटाका धेरै थान पैदल टाउकाहरु पनि। यतिविघ्न टाउकाहरु कहाँ हिडेका होलान् , यिनिहरुको लक्ष्य/गन्तव्य कहाँ होला? मजस्तै समय गुजार्न मात्रै पो दगुरेका हुन् कि? प्रश्नहरुको खातले रन्थनिएँ। एउटा माइक्रो छेउमै आएर रोकियो। खलासी हेरें, सानो फुच्चे तर कडा आवाज भएको ‘दाइ कहाँ जाने? आउनुस्….आउनुस्….बस्नुस्’ भन्दै चिच्यायो। म फकीर त्यहि माइक्रोमा चढें। चढें पनि के भन्नु, किचिएँ। टाउकाहरुको थानले अटेसमटेस म शरीरको मध्यभाग टेको लगाएँ। खलासी भाई, बेप्रवाह कराइरह्यो। मान्छे चढे, उत्रिए। म भने चुपचाप चुपचाप।
Tuesday, August 4, 2015
संस्मरण - मित्रता जोगिएको दिन
यो मेरो लागी नितान्त नयाँ स्कुल थियो।जीवनमा मैले ७,८ वटा स्कुल परिवर्तन गरे हुला।बुबा प्रहरीको जागिरे हुनाले बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ त्यहाँ हामी पनि जान्थ्यौ।बिरालोले छाउरा सारे जसरी सार्नु बाध्यता ।जब देखी मैले मावल बसेर पढ्न थाले तब स्कुल फेर्ने रोग निको भयो। धेरै स्कुल धेरै मित्र,धेरै शिक्षक।कक्षा ८ पास गरेर म मावल देखी पैदन उकालो एक घण्टाको स्कुल भर्ना भएँ।पहाडी धरातल हुनाले त्यो भन्दा अर्को उपायनै थिएन।आज स्कुलको मेरो पहिलो दिन,सँगै आठ कक्षा पास गरेर गएका केहि साथी बाहेक अरु सबै नयाँ थिए मेरो लगी।कक्षा कोठा नयाँ,स्कुल नयाँ साथमा नयाँ साथीहरु पनि मैले त्यहाँ आफुलाई नयाँ देखाउनु थिएन।
मुक्तक ! 03-08-015
एक दिन पक्का देखाउने छु त्यो चन्द्रमामा गएर !
आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !!
धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल ,
इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!!
आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !!
धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल ,
इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!!
Monday, July 27, 2015
शेख साहेबलाई बिन्तिपत्र !
सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामी
देशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाको
होटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेर
पाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको जय
जय भन्दै यो बिन्तिपत्र लेख्नै पर्ने कुरोको चुरो खोल्न चाहान्छु ।
लघु कथा - वास्तविक पीडित
सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन भरका प्रगती-दुर्गती विवरण पेस भयो सबैबाट।त्यस पछी सबै टि भि हेर्न पसे कोठामा।टिभीका कार्यक्रमहरुले देखाउदै थिए उहीँ भुकम्पले भत्किएका घर,मरेकाको लास अनि शोकमा कुडिएका आफन्तहरु।राजेन्द्रले लामो सुस्केरा हाले,"कस्तो देश कस्तो भयो?" सबैले चिन्ता गरे देशको।
मुक्तक - 2015-7- 20
सिक्नु भएन पाठ भुलबाट ।।
कि चेताउनु पर्ने हो सुलबाट ?
हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!
भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट ।
कि चेताउनु पर्ने हो सुलबाट ?
हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!
भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट ।
Sunday, July 26, 2015
गजल - 2015-07-26
याद अनि बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।
बित्यो जवानी अरबमा, गर्दा गर्दै गुलामी ,
बाध्यताले सारा जिवन ,लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।
बित्यो जवानी अरबमा, गर्दा गर्दै गुलामी ,
बाध्यताले सारा जिवन ,लिलामीमा राखियो ।
Saturday, July 25, 2015
सावन अनि उनी
जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछन
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछन
Sunday, April 19, 2015
"कौडीको भाउमा लिलामी हुदैछ "
भत्किएका बिचारहरु
कुहिएका विवेकहरु
असरल्ल बिक्रीमा छन् बजारमा
टाउकाहरुको केही थान
बिक्री गर्दा छन्
केही थान मोलमोलाइ गर्दा छन्
कुहिएका विवेकहरु
असरल्ल बिक्रीमा छन् बजारमा
टाउकाहरुको केही थान
बिक्री गर्दा छन्
केही थान मोलमोलाइ गर्दा छन्
दु:खद अनुभुती
सच्चा बिचारका खण्डहर
असल विवेकका चिहान
जता ततै देखिन्छन् हाम्रो शहरमा
सच्चा बिचारका खण्डहर
असल विवेकका चिहान
जता ततै देखिन्छन् हाम्रो शहरमा
म बबुरो सोच्छु
चुरोट र कफीको चुस्की सँगै
नाताहरुको पासो
भविस्यको चिन्ताले
म चिन्तन गर्न नसक्ने भएकोछु
म आफ्नो बिचार विवेक
बजारमा लिलामी गरौ
चुरोट र कफीको चुस्की सँगै
नाताहरुको पासो
भविस्यको चिन्ताले
म चिन्तन गर्न नसक्ने भएकोछु
म आफ्नो बिचार विवेक
बजारमा लिलामी गरौ
मात्रै फेरिनेछन क्यालेन्डर !!
बसन्तको कलिलो मुना
प्राकृति उन्मुक्त छ
कोहिलीले "को हो को हो"
संगीत भन्दा मीठो भाका उराल्दै
काफल पाकेर बन मगमग पुलत्कित हुँदै
मेरो देश रंगीन भयो
नदि नाला सुस्त बग्दै
कुलुलुलु तानपुरा अलाप्दै
लोभ्याउने क्यानभास कोर्दै
प्राकृतिक छटाले झिलीमिली छ देश
प्राकृति उन्मुक्त छ
कोहिलीले "को हो को हो"
संगीत भन्दा मीठो भाका उराल्दै
काफल पाकेर बन मगमग पुलत्कित हुँदै
मेरो देश रंगीन भयो
नदि नाला सुस्त बग्दै
कुलुलुलु तानपुरा अलाप्दै
लोभ्याउने क्यानभास कोर्दै
प्राकृतिक छटाले झिलीमिली छ देश
सधैं जस्तै आयो नयाँ साल
कसैको बोलावट बीना
कसैको प्रतीक्षा बीना
आफ्नै सुरमा आयो नयाँ साल
कसैको बोलावट बीना
कसैको प्रतीक्षा बीना
आफ्नै सुरमा आयो नयाँ साल
वंशलोचन एक पाठकको नजरमा ।
समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ ।
यो आलेख कुनै समालोचना या कुनै स्तुतिगान होइन । माथिल्लो अनुच्छेदमा मैले उहाँ सँगको आत्मियता लेखेर तल उहाँकै स्तुति गाएको होला भन्ने अनुमान लगाउनु भयो भने हजुर 100% गलत हुनुहुन्छ । म यहाँ व्याक्ती समा श्रीको होइन संग्रह वंशलोचनको बारेमा एक पाठकको मत राख्दैछु । यी सबै बिचार मेरो नितान्त व्याक्तिगत हुन,सबैलाई मान्य हुनै पर्छ भन्ने छैन । एक पाठकको नजरमा कस्तो लाग्यो त संग्रह यसैलाइ लेख्ने जमर्को हो ।





