Friday, January 14, 2011

अ//कथा भित्रको कथा(दुई)

मेरो मन पुल्कित भएको छ । युद्धका मिसाल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको वयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न /सुनाउँन।


भाइ आज म रित्तो नितान्त एक्लो छु । म भित्र एउटा मूल्यहीन मुटु,अपराधका खाटा बसेका दुई-तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्र भित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको भार हो । अझै पनि म रातमा राम्रोसँग सुत्न सक्दिन । ती मृतआत्माले मलाई तर्साइ रहन्छ । लाग्छ संसार बर्बाद नियतीको खेलको झुपडी रहेछ । त जीवन त्यसको प्रारुप खरानी मात्रै । यसरी जिउँनुको के तुक भाइ ? अतीत मेरो जीवनको आगतको खतरनाक पाटो भएको छ। अतीतले आत्मालाई (बिलयनर)? पागल बनाइ रहेछ हरपल हरघडी,जुन अवस्थामा यात्रा आज मेरो तिरस्कृत छ,
Share:

Thursday, January 13, 2011

गज़ल-३३

झुठ मात्रै खेती गर्नेलाई सलाम गर्नु कसरी?
पेट मात्रै आफ्नो भर्नेलाई सलाम गर्नु कसरी?

आफु भलो हुदा जगतनै भलो हुन्छ सुने'थे।
खोक्रा आशा सँधै छर्नेलाई सलाम गर्नु कसरी?

मेचि लुट्यो कहाँ बाँकी राख्यो काली तेसले।
यस्तो मुद्दा झिक्न डर्नेलाई सलाम गर्नु कसरी?
Share:

Wednesday, January 12, 2011

गज़ल-३२

गफाडिकै लाम देख्छु।
बिकास'नि जाम देख्छु।।

भत्की सक्यो घरै हाम्रो।
मक्या मात्रै थाम* देख्छु।।

भष्टचारी नेता सबै।
कोष सबै हाम* देख्छु।।
Share:

गज़ल-३१

खरको छानो टाँल्ने छु।
टाई कोट फाँल्ने छु।।


स्वर्ग जस्तो देश छ।
श्रम त्यहि गाँल्ने छु।।


खोज्ने छैन बिजुली।
सानो टुक्कि बाँल्ने छु।।
Share:

Thursday, January 6, 2011

देश दुख्दा

देश दुख्दा
रमाउने बिचार
कुपुत नेता!

घामले पोल्छ
खोज्दै शितल ठाउँ
टुटेको छत!!
Share:

हामि एक हुनु पर्छ

हे!
देश भक्तिको नारा लगाउने 
देश भक्तीहरु 
तिमिहरु कहाँ छौ?
देश जल्दै छ
अशिक्षा
गरीबि
अनि 
रोग 
भोकमा
आउ तिमिहरु 
देशलाइ बलत्कार हुन बाट बचाउन
Share:

रुवाई -2

रुवाई
जुन बीनाको रात भुल्नु कसरी
मुटु रोप्ने बात भुल्नु कसरी
भुल्देउ भन्छौ तिमी त त्यो पल
Share:

गेडीहरु

गेडीहरु


भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा
Share:

गज़ल-३०


पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!
Share:

"ठग"

"ठग"

"हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु हुन्छ?"
Share:

Wednesday, January 5, 2011

गज़ल-२९

मनै कालो काली बन्यौँ तिमी
साँच्चै साँच्चै जाली बन्यौँ तिमी

मेरो साथ त्यागि आज भोलि
अर्कै बागको माली बन्यौँ तिमी

मलाइ लुट्दै सोच्यौ पूर्ण भए
मेरो लागी खालि बन्यौँ तिमी
Share:

गज़ल-२८

तिम्रो लजाउने बानी नराम्रो !
ब्यर्थै कजाउने बानी नराम्रो !!

कती माया गर्छु तिमीलाई म !
संका सजाउने बानी नराम्रो !!

हुन्छ झगडा'नि बुढा बुढीको !
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive