Monday, January 24, 2011

मन


मन
बाँझो हुदैन
मन मेची हो
मन सगरमाथा हो
मन बग्छ
मन चुलिन्छ
मन हावा हो
देश डुल्छ
परदेश डुल्छ
Share:

गज़ल-३६


पिरतीको आगो दनदनी छ दिलमा।
मायाकै ज्वरो हनहनी छ दिलमा।।

भेटियो  माया मनबाटै रोजेकी।
त्यसैले तिम्रो मनमानि छ दिलमा।। 

भमरा डुल्छ फूलडाँली जहाँ छ।
पापीको आँखा भनभनी छ दिलमा।।
Share:

Sunday, January 23, 2011

अब जनता जाग्दै छन


टुट्यो
धर्यको बार
लाग्यो थप्पड गालामा
यो थप्पड होइन
चेतावनी हो
................मेरो
..........................उसको 
 ....................................हाम्रो
.............................................अनि
 .....................................................सबै नेपाली जनताको
Share:

Thursday, January 20, 2011

गज़ल-३५



क्का दाउमा सधै सधै तिमी चलेकी  छ्यौ
छक्का पल्टि मलाई सधै तिम्ले छलेकी  छ्यौ ।

चोखो माया थियो मेरो किन त्याग्यौ तिम्ले?
पक्का मनको दिप तिम्ले अन्तै बालेकी  छ्यौ ।
Share:

गज़ल-३४



(गजलनै नलेख्ने भने होइन तर पनि मनको भावनालाइ लेख्दै छु।।)


अब लेख्दिन गजल,बहर रोगी भो।
अब लेख्दिन गजल,शहर योगी भो।।


शब्द हेर्दैन कसैले,त्यसैनै गाली छ।
अब लेख्दिन गजल,प्रहर ढोंगी भो।।
Share:

लघु कथा-आत्मा ग्लानी


धेरै दिन पछि आज जि-मेल खोल्दै छु,१२० वटा नहेरीएका मेल रहेछन्।म्यासेज भन्दा पनि पठाउँने ठेगना पहिला हेर्ने मेरो बानी,पठाउँनेको ठेगना हेर्दै थिए एक्काशि मेरो नजर एउटा ठेगनामा पुगेर रोकियो।अनायसै मेरो हात काप्यो,हात कमाउँदै हातका औलालाई माउसको साहराले त्यहाँ किलिक्क गरे।बिषयमा If u dont mind लेखिएको थियो।जती जती म्याशेज पढ्दै जान्छु म उति उति अतितमा पो हराउँन थाले।

चन्द्रा म तिमीलाइ माया गर्छु,जुन दिन तिमिलाई देखे त्यो दिन बाट यो मन-मुटु तिम्रो नाममा सुम्पिए।प्रभातले मलाइ भनेको शब्द हो यो सायद ७ वर्ष पहिला।
Share:

Wednesday, January 19, 2011

"भो त्याग चुनौति दिने बिचार "

मरन
एक सत्य
किन बचलन हुनु 
म 
सत्य सँग
काल बोल्दैन
तर 
छ 
त्यहाँ //यहाँ
समिप मै
मान्छे 
जन्मियो
Share:

Monday, January 17, 2011

म कवि होइन

म कवि होइन
म कविता लेख्दिन
मेरो नाम 
मेरो काम 
चिन्दैन् समाजले।।
Share:

Sunday, January 16, 2011

सेन्र्यु

 हाम्रै कोशिले
भारतै झिलमिल
लोड्सेटिङ
Share:

Friday, January 14, 2011

अ//कथा भित्रको कथा(दुई)

मेरो मन पुल्कित भएको छ । युद्धका मिसाल हितमान दाइ आज मसँग हुनुहुन्छ । फेरि यो युद्धको वयान सुन्न कान आतुर छन् । बेलुकीको खाना खाएर हामी बस्यौँ युद्ध बयान सुन्न /सुनाउँन।


भाइ आज म रित्तो नितान्त एक्लो छु । म भित्र एउटा मूल्यहीन मुटु,अपराधका खाटा बसेका दुई-तीन खतहरु अनि एउटा सास फेर्ने फोक्सो यति मात्रै छ । भित्र भित्रै खोक्रो मेरो जीवन लाग्छ पृथ्वीको भार हो । अझै पनि म रातमा राम्रोसँग सुत्न सक्दिन । ती मृतआत्माले मलाई तर्साइ रहन्छ । लाग्छ संसार बर्बाद नियतीको खेलको झुपडी रहेछ । त जीवन त्यसको प्रारुप खरानी मात्रै । यसरी जिउँनुको के तुक भाइ ? अतीत मेरो जीवनको आगतको खतरनाक पाटो भएको छ। अतीतले आत्मालाई (बिलयनर)? पागल बनाइ रहेछ हरपल हरघडी,जुन अवस्थामा यात्रा आज मेरो तिरस्कृत छ,
Share:

Thursday, January 13, 2011

गज़ल-३३

झुठ मात्रै खेती गर्नेलाई सलाम गर्नु कसरी?
पेट मात्रै आफ्नो भर्नेलाई सलाम गर्नु कसरी?

आफु भलो हुदा जगतनै भलो हुन्छ सुने'थे।
खोक्रा आशा सँधै छर्नेलाई सलाम गर्नु कसरी?

मेचि लुट्यो कहाँ बाँकी राख्यो काली तेसले।
यस्तो मुद्दा झिक्न डर्नेलाई सलाम गर्नु कसरी?
Share:

Wednesday, January 12, 2011

गज़ल-३२

गफाडिकै लाम देख्छु।
बिकास'नि जाम देख्छु।।

भत्की सक्यो घरै हाम्रो।
मक्या मात्रै थाम* देख्छु।।

भष्टचारी नेता सबै।
कोष सबै हाम* देख्छु।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive