Thursday, March 10, 2011

गज़ल-६४


जब हुन्छु एक्लै एक्लै ,एकोहोरो मात्रै हुन्छु म त ।
जून जस्तो मुहार सम्झि,धुरुधुरु आज रुन्छु म त ।।

तिमी उता म छु यता,आजै भेट्न पाएँ कस्तो होला ।
कल्पी कल्पी फोटो हेर्दा,अत्यासले मुख थुन्छु म त ।।
Share:

गीत-९




अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!
सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!

 कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै ! 
तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!
आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!
अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!!
Share:

गीत-७


तिम्रो माया भित्र खोट मात्रै भेटियो !
तिमी  भित्र बस्ने रहर मेरो मेटियो !!

हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,
आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!
मेरो चोखो मुटु आज त्यसै रेटियो !
तिम्रो माया भित्र खोट मात्रै भेटियो !!
Share:

गीत-८


निष्ठुरीलाई मुटु दिए घात भयो !
हिजो आज  दिन पनि रात भयो !!


सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !
मुटु लिई पापीहरु टाढा हुन्छन्!!
खाको कसम पनि  झुठो बात भयो !
हिजो आज  दिन पनि रात भयो !!
Share:

Sunday, February 27, 2011

गज़ल-६३


भिरैमा फूल्ने रहर भो !
व्यथामा झुल्ने ठहर भो!!

अस्तायो सुर्य देशमा !
बल्झिने तितो प्रहर भो !!

छैन पो काम हातमा !
गरीबी यौटा जहर भो !!
Share:

Wednesday, February 23, 2011

गज़ल-६२


त्यसै आज नाँसिदैछ  तिम्रो नगरी !
भित्र भित्र भाँसिदैछ  तिम्रो नगरी !!

बलत्कार हत्या हिंसा  जाबो खेलनै !
त्यसैले त माँसिदैछ  तिम्रो नगरी!!

अश्लिलता फैलिदैछ  युवा पुस्तामा !
खिल्लि गर्दै हाँसिदैछ  तिम्रो नगरी !!
Share:

Tuesday, February 22, 2011

गज़ल-६१



नमरी स्वर्ग देखिन्न !
दूरीले माया छेकिन्न !!

फोनमा कुरा भए'नि !
पीडा त्यसै सेकिन्न!!

झुठनै सही हास्नु छ !
त्यसैले व्यथा लेखिन्न !!
Share:

गज़ल-६०


एउटा फूल चढाए'थे तिम्रो नाममा!
पाइला यसै बढाए'थे तिम्रो नाममा !!

यसै गरी यात्रा गरौ सधैँ हामि'नि !
खुसि मात्रै भराए'थे तिम्रो नाममा !!

Share:

Tuesday, February 15, 2011

गज़ल-५९


हेर्दैछु प्यासी नजरको तमासा।
लेख्दैँछु त्यहि बहरको तमासा।।

झुठो हो सबै तिम्रा यि भावना?
बुझ्दैँछु तिम्रो रहरको तमासा।।

पानीको साथ बग्दोछ नदी त।
भेट्दैँछु प्यासि बगरको तमासा।।
Share:

Sunday, February 13, 2011

मुक्तक


जता हेर्यो घातकै कहानी।
आज उठ्यो घातकै बिहानी।।

गरे प्रेम फल्दो छ घातनै।
Share:

गज़ल-५८


गजल
भुल्छु भन्छु सम्झनाले अझै पोली दिन्छ।
कस्ले कुन्नि याद आउँने बाटो खोली दिन्छ।।

आए टाढा भुल्न भनि पल आगतका।
समयले यादहरु साँच्ने झोली दिन्छ।।

खोज्नु छैन पाउँनुनै के पो पाए मैले।
सपमीमा तिनै दिन चर्को बोली दिन्छ।।
Share:

Saturday, February 12, 2011

गज़ल-५७


सुन्नु छैन पीडा बोल्ने धुनलाई।
किन गाँस्नु माया एक्लै रुनलाई।।

देख्नु छैन भैसि पनि आफ्नो शरिरको।
दोष दिन्छौ दाग भनि जूनलाई।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive