Sunday, September 12, 2010

- सधैं किन अन्तै आँखा

सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन

सस्तो भयो माया,बजारको खेल
बैस आयो गयो,भदौरेकै भेल
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन

घाटा नाफा हुन्न,मायानै ठुलो
रोप्न माया मन्मा,लगाउहै कुलो
आँखा नत गरी शिर झुकाउँछन किन
मनको गाँठो उल्टो गरी फुकाउँछन किन

हेराइ भिन्दै यहा,माया भो जाली
माया गर्ने हुन्छ,मुटु टुक्री खाली
चोखो माया गर्ने माया लुकाउँछन किन
किन माया गर्ने मुटु चुकाउँछ्न किन

सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive