
म अस्ताए
किनकी
तिमी
र
म
एकै पटक
झुल्किन
मिल्दैन रे
तिमी सुर्य
म
चन्द्रमा
तिम्रो आफ्नै
प्रकाश छ
म
तिमीमा निर्भर
तिमी
दिन दिनै झुल्किन्छौ
म
पुर्णिमाको पर्खाइमा
तिम्रो पर्खाइमा
दुनीया हुन्छ
म
त
सुनसान रातमा
झुल्किन्छु
एक्लै-एक्लै
तारा सँग
जुनकिरी सँग
नाता गाँस्न
मनले भन्छ
तर
दिमागले
मान्दैन
किनकी
म
चन्द्रमा हु
तिम्रो उदय
दिनको आरम्भ
मेरो उदय
रातको
त्यसैले
तिमी महान छौँ
म
तिमी हुन सक्दिन
तिमी
म हुन सक्दैनौ
तिमी दिन कुमार
म रात कुमारी
त्यसैले
तिमी तेज छौँ
म
सालीन छु
शितल छु
तिमी बेदाग छौँ
म मा दाग छ
Mitho, philosophy bokeko chha Kabita le, wonderful!
ReplyDelete