Sunday, September 12, 2010

गज़ल-१३

मेची दुखे काली पनि दुख्नु पर्छ अब!
यौटा सुके अर्कोपनि सुक्नु पर्छ अब!!

देश बल्दा बासुरीमा राग फुक्ने प्रती !
एकै हुदै क्रान्ती धुन फुक्नु पर्छ अब!!

एउटै ठिक्को हुनुपर्छ जनता सबै हामी!
हामी हाम्रो भनि स्वार्थ लुक्नु पर्छ अब!!

रोक्नु पर्छ बिदेशिको चल खेल हाम्ले!
देश खाने दलको बाटो ढुक्नु पर्छ अब!!

झुक्नु हुन्न, हामी सधैं संगै जुट्नु पर्छ!
देश द्रोही नेता सबै झुक्नु पर्छ अब!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive