दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल पालेकी,हुर्काएकी आफ्नै खून बेच्नु थियो दाइजो जो दिएर ।
Monday, June 2, 2014
वाचा,बिवाह र बिछोड
दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल पालेकी,हुर्काएकी आफ्नै खून बेच्नु थियो दाइजो जो दिएर ।
सहिद ।।
निराजन प्रभात लुइटेल
पूरानो साइकल लिएर म निस्किएँ बजार।पर क्षितिजमा धेरै हल्ला सुने,के भएको रहेछ जान्ने ईच्छा भो र लागे उतै तिर।धरै मानिसको भिड थियो,मानिस सम्म छिर्ने ठाउँ थिएन।प्रहरीहरु पनि थिए।बिद्यार्थि नारा लगाउदै थिए।हाम्रो माग पूरा हुनै पर्छ,मृतकलाइ सहिद घोषणा गर भन्दै।के कारण मरेछन् आखिर सहिद हुने गरि मनमा जिज्ञासा पलायो।कुरो बुझ्दै लादा।ती एक मेघाबी छात्र रहेछन एम ए गरेका।मार्सिटको बिटो बोकेर धेरै ठाउँ भौतारिएछन तर हात लाग्यो सुन्य।
Tuesday, September 27, 2011
कथा-"राज-"
कथा-"राज-"
Nirajan Prabhat Luitel
म कुदेर मतान कोठामा पसे धन्न मलाई कसैले देखेन।मलाई खपिनसक्नुको पीडा भो,यो पीडा प्रसव पीडा भन्दा कम थिएन पक्कै पनि।एक कुमारीको कुमारीत्व सबै भन्दा महान सम्पती तर आज मैले त्यो सम्पतीनै गुमाएँ।मेरो छाती जस्तै टुक्का टुक्का भएको ऐना हेरे आफ्नो अनुहार आफुलाईनै घिन लाग्दो कुरुप लाग्यो।म मन खोलेर रोएँ,रुनु बाहेक मेरो अर्को सायद बिकल्प पनि त थिएन।
मेरो बा आमाको एक्लो सन्तान म।२०,२५ वटा पशुवली दिएर,धेरै देवी देवतालाई भाकेर मात्र मेरो जन्म भएको रे आमाले मलाइ सुनाउनु भएको।विवाह भएको लामो समय सम्म पनि कुनै संतान नहुदा गाउँमा अनेक थरी कुरा गर्न थाले रे गाउँलेहरुले,समाज त्यस्तै छ अर्काको कुरा नकाट्दा कहाँ खाएको पच्छ र?बाँझि यस्तै यस्तै खोइ के के नानाथरी भन्न थालेछन् आमालाई,एका तिर सन्तान नहुनुको पीडा त्यसमा गाउँलेहरुको सधैँको निच हेराई।जे जस्तो भए पनि जीवन नामको गाडीलाई अगाडी बढाउनु पर्ने बाध्यता।लामो समय पछि मेरो जन्म भयो आमाको खुशिको सिमानै रहेनछ,तर छोरी पो भनेर बाले एक पटक मुख खुम्चियाउनु भएछ। "नखाउ भने दिन भरीको सिकार,खाउ भने कान्छबाबुको अनुहार" भने जस्तै भयो सायद बालाई।
एक मध्यम वर्गको परीवार हाम्रो।के लगाउ के खाउ को चिन्ता थिएन हामीमा।मेरो बा सरकारी स्कुलको शिक्षक आमा घर मन्त्री।उच्च वर्गिय जीवन शैली नभएपनि मेरो लालन पालन सुखपूर्वक भएको थियो।
Monday, September 19, 2011
बुलबुलमा पत्र!!
हृदय भित्र गाँसिएको माया र प्रेमलाई अस्थाईरुपमा यसै पत्र मार्फत तिमी सामु टक्राउँदैछु।विछोडको दुरीले घच्घच्याउँदै,समय सापेक्ष ढिलो चाँडो २ शब्द कोर्दैछु "बुलबुल इरानी चरी"मार्फत आशा गरे तिमीपनि यो रातको प्रहरमा बुलबुल सुन्दैछौँ।
अतितको विछोडसँगै असिमित यात्रामा भौतारीदै भएँपनि यो क्षण सम्म कुशलैछु भन्नु पर्याछ।तिमीमा पनि कुशलताको कामना गरे है काली।
"काली" माया गर्नु चानचुने कुरा होइन।दिल दिलको समागम माया हो।माया पूजा हो,आस्था हो।दुई चिम्टी सिन्दुर तिम्रो खाली सिउँदोमा हालेर,अग्नीको सात फेरा लिएर तिमिलाई जुनि जुनि साथा दिने वाचा गरेको छु मैले।२ दिन दुर हुदैमा मेरो माया अनि बिश्वास माथि शंका गर्नु तिम्रो कमजोरी होइन नादानी हो।काली मान्छेलाई हामीले दिलले हेर्नु पर्छ तालिम नभएका आँखाले होइन,हृदयले सुघ्नु पर्छ नसधाएको नाकले होइन।काली विश्वासनै त जीवन जिउने कशि हो।हो सबैलाई लाग्छ आफ्नो मान्छे सधै आफ्नो साथमा बसोस् तर त्यो कहाँ सधै सम्भव छ र लाटी।जीवन एक संघर्ष हो, जीवन जीउन जुध्नु पर्छ समय सँग,बाध्यता सँग।म भाग्यवादी भएर होइन कर्मवादी भएर जीउन चाँहने मान्छे।
गीत-१३
दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।
कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।
रनबन उस्तै होला,मैले डुल्ने चौतारी'नि ।
लाखा पाखा लागे होलान् सँगै खेल्ने दौतारी'नि।।
मनै रम्ने मेरो गाँउ एक्लियो रे हिजो आज ।
कोइली'नि चुपचाप,उल्लु रुन्छ सँधै साँझ।।
Wednesday, August 24, 2011
गज़ल ८३
सिंगो यौटा मुटु दिएँ गुलाबनै खोज्नु किन ?
ईसारानै काफी थियो ,जवाबनै खोज्नु किन ?
हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !
कसको माया कती भन्दै ,हिसाबनै खोज्नु किन ?
गज़ल ८२
दुखी छैन तरपनि पिएँ बालै भएन।
जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।।
साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।
फट्यो आफै नाथे मन सिएँ बालै भएन।।
भुत !!
दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/
चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको एकोहोरो स्वर /सुनसान सडक अनि त्यो नदी /दुई भाइ नदी छेउमा के पुगेका थिए/अलिक पर जहाँ धेरै जसो मान्छे जलाउने गरिन्थियो एउटा आकृति देखियो हल्लिरहेको /लाग्थियो त्यो आकृति हिड्दैछ /दुई भाइकै होस् उड्यो /अब के गर्ने कसो गर्ने बेखबर/"यहाँ बाट खोला तर्नु ठीक छैन अब भाग्नु पर्छ"-एक भाइले भन्यो /हो हो हामीले आज गल्ती गर्यौ भूतले हामीलाई घेरेजस्तो छ भाग्नुनै उचित होला /
गज़ल ८१
उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !
भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !!
भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !
बोझ भएँ परिवारको ,नकेहि को आधार छु !!





