Tuesday, August 4, 2015

मुक्तक ! 03-08-015

एक दिन पक्का देखाउने छु त्यो चन्द्रमामा गएर !
आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !!
धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल ,
इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!! 
Share:

Monday, July 27, 2015

शेख साहेबलाई बिन्तिपत्र !

सलाम शेख साहेब !
म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामी
देशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाको
होटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेर
पाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको जय
जय भन्दै यो बिन्तिपत्र लेख्नै पर्ने कुरोको चुरो खोल्न चाहान्छु ।

Share:

लघु कथा - वास्तविक पीडित

सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय।
खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन भरका प्रगती-दुर्गती विवरण पेस भयो सबैबाट।त्यस पछी सबै टि भि हेर्न पसे कोठामा।टिभीका कार्यक्रमहरुले देखाउदै थिए उहीँ भुकम्पले भत्किएका घर,मरेकाको लास अनि शोकमा कुडिएका आफन्तहरु।राजेन्द्रले लामो सुस्केरा हाले,"कस्तो देश कस्तो भयो?" सबैले चिन्ता गरे देशको।
Share:

मुक्तक - 2015-7- 20

सिक्नु भएन पाठ भुलबाट ।।
कि चेताउनु पर्ने हो सुलबाट ?
हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!
भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट ।
Share:

Sunday, July 26, 2015

गजल - 2015-07-26

याद  अनि  बचपन , लिलामीमा राखियो ।
मुटु भित्रको धड्कन ,लिलामीमा राखियो ।

बित्यो  जवानी अरबमा, गर्दा  गर्दै गुलामी ,
बाध्यताले  सारा जिवन ,लिलामीमा राखियो ।
Share:

Saturday, July 25, 2015

सावन अनि उनी


जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ 
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछन
Share:

Sunday, April 19, 2015

"कौडीको भाउमा लिलामी हुदैछ "


भत्किएका बिचारहरु
कुहिएका विवेकहरु
असरल्ल बिक्रीमा छन् बजारमा 
टाउकाहरुको केही थान
बिक्री गर्दा छन्
केही थान मोलमोलाइ गर्दा छन्
दु:खद अनुभुती
सच्चा बिचारका खण्डहर
असल विवेकका चिहान
जता ततै देखिन्छन् हाम्रो शहरमा
म बबुरो सोच्छु
चुरोट र कफीको चुस्की सँगै
नाताहरुको पासो
भविस्यको चिन्ताले
म चिन्तन गर्न नसक्ने भएकोछु
म आफ्नो बिचार विवेक
बजारमा लिलामी गरौ 
Share:

मात्रै फेरिनेछन क्यालेन्डर !!


बसन्तको कलिलो मुना 
प्राकृति उन्मुक्त छ
कोहिलीले "को हो को हो"
संगीत भन्दा मीठो भाका उराल्दै
काफल पाकेर बन मगमग पुलत्कित हुँदै
मेरो देश रंगीन भयो
नदि नाला सुस्त बग्दै
कुलुलुलु तानपुरा अलाप्दै
लोभ्याउने क्यानभास कोर्दै
प्राकृतिक छटाले झिलीमिली छ देश
सधैं जस्तै आयो नयाँ साल
कसैको बोलावट बीना
कसैको प्रतीक्षा बीना
आफ्नै सुरमा आयो नयाँ साल
Share:

वंशलोचन एक पाठकको नजरमा ।

समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ ।
यो आलेख कुनै समालोचना या कुनै स्तुतिगान होइन । माथिल्लो अनुच्छेदमा मैले उहाँ सँगको आत्मियता लेखेर तल उहाँकै स्तुति गाएको होला भन्ने अनुमान लगाउनु भयो भने हजुर 100% गलत हुनुहुन्छ । म यहाँ व्याक्ती समा श्रीको होइन संग्रह वंशलोचनको बारेमा एक पाठकको मत राख्दैछु । यी सबै बिचार मेरो नितान्त व्याक्तिगत हुन,सबैलाई मान्य हुनै पर्छ भन्ने छैन । एक पाठकको नजरमा कस्तो लाग्यो त संग्रह यसैलाइ लेख्ने जमर्को हो ।
Share:

Wednesday, April 1, 2015

गजल -2011-11-20

बगेको छ यौवन समालौ कहाँ पो! कसेरै तनलाई अगालौ कहाँ पो!! झुकेका नयन यी इसारा दिदैछन्! छ दागी जवानी पखालौ कहाँ पो!!
Share:

“हो यसरीनै जीवन बिताइन्छन् परदेशमा”

जब जब 
मन डडेर पत पत धुवाँ आउछ
तब तब
शब्द बिस्फोट हुन्छन्
असरल्ल छरिन्छन शब्दहरु
कापीको क्यानभासमा
यतिले नपुगेमा
बन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्
सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रम
सुन्यता चिरिन्छन्
गिलास भरिन्छन्
अनि एउटा संयुक्त आवाज निस्किन्छ
“चियर्स”
यहीँ योजना बन्छन् जीवनका
त्यहि अन्त्य हुन्छन्
सपनाहरुको हत्या गरिन्छन्
Share:

डायस्पोरा नभन्देउ

हज्जारौं सपना
लाखै रहर
मरुभुमीको घाममा सुकाउदै
पसिनाले आत रसाउदै
कित्ता कित्ता जीवनको उदिन्दै
परख्दै छु जीवन
आरानको फलाम झै !
आशा छ
भरोसा छ
हुन्छ पक्कै
आकार दिन्छु यसलाई
म फलामबाट कुनै आकारको हतियार बन्छु
चम्किनेछु चमचम चमचम
मलाई मञ्जुर छैन छदै छैन
झुन्डिन भित्ताको पात्रो झै
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive