Thursday, September 23, 2010

- भाले खाउँला

भाले खाउँला
श्रीमतिको निउमा
अल्छि श्रीमान!१!!

नाटकै भयो
संबिधान सभा'नि
नयाँ नेपाल!!२!
Share:

Wednesday, September 22, 2010

- पापी मानिस

पापी मानिस
प्रकृतीको बिरुद्ध
खडेरी पर्यो!!!

फूल फूलेछ
सिकार भमराको
ओइलि झर्छ!!!
Share:

- रीति

जवानीमा लम्किदै गरेकि फूलमाया पढाइमा अब्बल दर्जाकी बिधार्थि थिई।राम्रो रुप बिनम्र बोलि,सबैसँग मिलेर बस्ने बानिले उ सबैको प्रिय थिई । पहाडी पानी अनि प्रकृतीको रेखदेखमा उ हुर्कदै गइ ।समयको प्रबाह सँगै उ पन्ध्र (१५)बर्षकी पुगी ।उसमा शारिरिक परिवर्तन हुन थाले,प्रकृतिक रुपमा । उसको महिनावारी सुरु भयो । हाम्रो गाउँ-घरको रीति-रीवाज पनि अचम्मकै छन ।पहिलो पटक महिनावारी हुँदा बा आमाको अनुहार हेर्नु हुन्न भन्ने चलन अनुसार,फुलमाया लाइ पनि पारी हर्केको घरमा पठाइयो।।फूलमाया पनि हर्केको घरमा ५-६ दिनको लागी गइ।हर्केको घरमा पनि उसलाइ बस्नको लागी गाईको गोठमा सानो ठाउँ बनाइएको
Share:

Monday, September 20, 2010

- अंसियार

१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बासँग
Share:

गज़ल-१५

म बैमान तिमी बैमान,यहाँ भए सारा बैमान !
आशा सधै सुताउँने ,अन्धकारको तारा बैमान!!

आयो है चुनाबि पल,गर्नलागे दौडधुप !
नेताले गर्नथाले भाषणमा नारा बैमान!!

जनता सोझा हामि,खान्छौँ पिडा सधै-सधै!
घरैमा सुबिधा छ,पानी नखस्ने धारा बैमान!!
Share:

Monday, September 13, 2010

गज़ल-१४

पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!
Share:

Sunday, September 12, 2010

- तिमीले पिलायौ

तिमीले
पिलायौ
अनि मलाइ पनि
पिउन मन लाग्यो
त्यो
अमृत
या
बिष
मैले पिए
Share:

गज़ल-१३

मेची दुखे काली पनि दुख्नु पर्छ अब!
यौटा सुके अर्कोपनि सुक्नु पर्छ अब!!

देश बल्दा बासुरीमा राग फुक्ने प्रती !
एकै हुदै क्रान्ती धुन फुक्नु पर्छ अब!!

एउटै ठिक्को हुनुपर्छ जनता सबै हामी!
हामी हाम्रो भनि स्वार्थ लुक्नु पर्छ अब!!
Share:

गज़ल-१२

पीडा दुख्नुको मज्जानै अलग,दिलनै नदुख्नु दुखे पछि!
आँशु सुक्नुको मज्जानै अलग,आँशुनै नसुक्नु सुके पछि!!

थोरै लजाइ चक्षुनै झुकाइ,नशानै तिम्रो त्यो हेर्न पाए !
माया लुक्नुको मज्जानै अलग,मायानै नलुक्नु लुके पछि!!

दिन बित्छन रात'नी,तिम्रोनै यादमा कुर्दा चौतारीमा !
बाटो ढुक्नुको मज्जानै अलग,बाटोनै नढुक्नु ढुके पछि!!
Share:

- सधैं किन अन्तै आँखा

सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन

सस्तो भयो माया,बजारको खेल
बैस आयो गयो,भदौरेकै भेल
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन
Share:

गज़ल-११

वाक्कछु मत मुहार् जालीदेखि!
ओठमा पोत्ने रंगी लालीदेखि !!

हुनु है टाढा तिमी सधै-सधै !
नक्कली हिस्शि पर्या कलीदेखि!!

छैन'नि भर कसैको आज-भोलि!
लुटिया हुन्छ्न् आफ्नै मालीदेखि!!
Share:

गज़ल-१०

देश जनतालाई नाम सारीदेउ
कि त सत्ता मोह च्वाट्टै मारीदेउ

नगर् लफडा भो कुर्सि कुर्सि भन्दै
चाँडै अशान्तीको नदि तारीदेउ

कती चाकडिनै गिद्धे भारतको
तिन्को चाकडि भो अब छाडिदेउ
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive