Monday, December 1, 2014

लघुकथा -खोक्रो आडम्बर


अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश छि छि! लाग्छ कहिले पाइला नटेकु खोक्रो रवाफ ओकल्यो ।दुई महिनाको बिदा कसरी बिताउनु चिन्ताको रेखा देखियो निधारमा ।उसको भनाइले लाग्दै थियो उ नेपाल कहिले आएको थिएन दुई महिना होलिडे मनाउन आएको छ पहिलो पटक ।
Share:

लघुकथा - " गुणस्तर"


हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा केही दिन रोजगार पाइएला भन्ने आशा पनि टुट्यो ।पश्चिमका इन्जिनियर,कामदार,मेसिन,ठेकेदार आए । खोलाको बगरमा टेन्ट लगाएर काम गुरु गरे ।
Share:

Sunday, October 26, 2014

संस्मरण-तिहारले रुवाउदा!

                         हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा मैले बालाई सोध्ने आँट गरिन त्यो बेला,आज सोच्दा लाग्छ ठिकै गरेछु।गाउँ घरमा तिहारको रमाइलो सुरु भैसकेको थियो,तर मलाइ तिहारको रौनकले छोएको थिएन,सबै देउसी खेल्ने पैसा भेला गर्ने योजना बुन्दै थिए,तर म भने अझै भगवानलाइ किन दिदी,बहिनी नदिएको प्रश्न गरेर दिन बिताउदै थिएँ।यो तिहार म जस्ता दिदी बहिनी नहुनेलाइ रुवाउननै आएको हो भन्ने लाग्न थालेको थियो।
                       त्यो  उमेरमा तिहार भनेको डाइस खेल्ने,पटका पड्काउने,अनि देउसी खेलेर पैसा जम्मा गर्ने भन्ने न थियो।उमेरले गराएको होला त्यो सब,सबैलाई।मेरो दाजु पनि खुशिनै थियो,तर म भन्ने अलग जन्तु परेछु सधैँ तनाव,सधैँ चिन्ता।कस्तो दैवको खेलपनि न ठुलोबाबाको छोरी थिए,म मेरो बाबाको। काकाहरूको भने विवाहनै भएको थिएन।ठुलोबाबाको पनि दुई भाइ तिग्रेमात्र हामी पनि।ठूलोबाबाको एक जना छोरी हुनुहुन्थियो रे,हामी भाइहरुलाई धेरै माया पनि गर्ने रे तर खोइ औलो हो कि के रोगले उहाँलाई टिपेर लग्यो रे,यो घटना सुनेर त झन् मेरो मन यो भगवान् देखि उठयो,भगवाननै छैन भन्ने भएको थियो।त्यसैले मैले त्यो समयमा मन्दिर कहिले धाइन,मेरै उमेरका साथीहरू आमा दिदी सँग मन्दिर जान्थे तर मलाइ त्यो रहर पलाएन,आखिर हुँदै नभएको देवतालाई किन पूजा गर्ने होला?त्यस माथि लक्ष्मी प्रसादको कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता अंकल(छिमेकी)ले पढेको सुने मलाई आगोमा घ्यु भयो।सबै तिहारमा लक्ष्मी पूज्ने म भने बाहिर खुल्ला आकाशमा त्यो कालो रात हेरेर बस्थे।आज आएर हेर्दा म पूरा नास्तिकनै पो रैछु कि जस्तो लाग्छ।
Share:

Friday, October 17, 2014

तमोरमा बग्ने पानी फरक छ?


के मेरो बाजेको टुप्पि
हनुमानको पुच्छर हो
यसले तिम्रो लंका जलाउछ?
खोइन भने
मेरो अस्तित्व
त्यो टुप्पिको
किन जरै उखेल्ल खोज्दैछौ?
Share:

जात गएन तर पनि त्यो दशै राम्रो भएन

कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ बीना रोक ठोक चल्दैथियो । हजुरबुवा ,हजुरआमा ,मामा,माइजू,सानिमा सबैको प्यारो म । खुशिको सम्सर्गमा जीवन कति चाडो चिप्लिदो रैछ त्यो अहिले बुझ्दैछु। यो मनले आज पनि भन्छ,फेरि बच्चा हुन पाएँ,ती आन्मिय मनको मायाको घुम्टो ओड्न पाए,तर ती सबै मित्था सपना र कोरा कल्पना मात्र हुन्छन। अतीत एउटा चलचित्र बाहेक केही होइन,आँखाको पर्दामा बिम्बित हुन्छन दिमागको प्रोजेक्टरले बिना स्क्याच,बिना अवरोध ।

आस्विन/कात्तिकको महिना थियो,सारा वातावरण खुल्ला,चाडपर्वको वहारले साना ठुला सबैको मन पुलकित थियो।खुशी लिएर आउदै थियो हिन्दुहरुको महान चाड दशै हामी नेपालिको जीवनमा ।चाडको चटारोले घ्याप्पै छोपिसकेको थियो ठूलालाइ। बजार जानेहरुको बाटोको लर्कोले यहि संकेत गर्थियो।दर्जी साइला मामाको भ्याइ नभाइले मैले नयाँ लुगा अझै पाएको थिइन,दिन दिन धाउथे तर भान्जे भोलि ल आज तयारी छैन भन्थे साइला मामा,कता कता रीस उठ्यो,तर पनि रिसाएर हुनेवाला केही थिएन। सधैँ सधैँ धाउने मेरो दैनिकि भएको थियो ।एक दिन फेरि म पुगे साइला दर्जी मामाको घरमा नयाँ लुगा हेर्ने धोकोले।मेरो प्यान्ट त तयार रैछ तर कमिज तयार थिएन,पेन्ट देखेर यो भुरा मन पुल्पुलियो।मामाकोमा चिया खाने बेला भएको थियो,माइजूले चिया मामालाइ दिनुभयो,तर मलाइ दिनुभएन।कसरी देखाइ देखाइ खान सकेका होलान म सोच मग्न भए, भान्जा चिया पिउने हो?दर्जी मामाको प्रस्नले म तन्द्रा भंग भयो । खाने नि किन नखाने मैले भने । दर्जी मामाले माइजूलाइ आदेश दिए,भान्जेलाइ चिया दे,भित्रबाट माइजू बोलिन-" नाइ नाइ भान्जे हामिले छोएको खानु हुन्न,जात जान्छ।" तर मैले मानिन ,मलाइ जात कसरी  जादो रैछ हेर्नू थियो । दर्जिनी माइजूले "अरुले देखे भने हामिलाइनै नराम्रो देख्छन बच्चालाइ फकाएर चिया पिलाएको आरोप लाग्छ होस बाबुराजा ज्ञानी हुनुस जिद्दी नगर्नुस " भनिन । तर मैले मानिन नुन हालेकै भए पनि मलाइ त्यो दिनको चियाको लोभ कति थियो,खोइ किन किन ? अन्त्यमा माइजूको जोड केही चलेन मेरो जिद्दिको सामु ।
Share:

गजल समस्या अनि यसका समाधानको उपायहरु !!


लेखक/संकलक-निराजन प्रभात लुइँटेल

छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन,गजललाई आयतित बिधाको रुपमा मात्र हेर्छन् धेरै नाम चलेका लेखकहरुनै।यहाँ जीवन भर 10 बढी उपन्यास लेखि सक्दा र 400 बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन ।चार,पाँच शेर गजल लेख्दा एक गर्भवति महिलाले प्रसवमा भोगेको भन्दा बढि पीडा हुन्छ। इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ ।
Share:

कथा- सुखद् दिन



चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको टुक्रा टुक्री दिमागमा देखा पर्दा आफुले आफुलाई हिनताको भावनाले मार्न मन लाग्छ तर आज सम्म खै कसरी जीएको छु म । सायद अझै धेरै दुख, हण्डर, ठक्कर खान होलाकी ? म विवशछु विवशताले भने होईन आफ्नै कर्मले अनि दुखि पनि छैन तर सुखि पनि कहाँ छु म, कसरी व्याख्या, विवेचना गर्दा हुन मान्छे सुख, दुखको । कसलाई सुखि अनि कसलाई दुखि भन्ने। मेरो हेराईमा त यो जगतमा सुखि मानव होलान् जस्तो लाग्दैन् । हुने भएरै दुखि छ, नहुने नभएर दुखि छ । कोहि मायामा दुखि छ, कोहि जागिर नभएर दुखि छ । यसरी दुखिहरुकै नाम लिष्ट बनाउँने हो भने सुखिहरुको नाम औलामा गन्न सकिन्छ ।

बस्ता बस्तै वाक्कै भए जस्तो लागेर म आज बाहिर जाने बिचारमा लागे । जान त जाने तर कहाँ अनी कसलाई भेट्ने अनी के कामले ? कुकुरको कामपनि हुदैन रे अनि फुसर्दपनि मलाई पनि उस्तै भएको छ आज । प्रयोजन विहिन टुटेको चङ्गाको पनि आकाश या जमिन लक्ष्य त हुन्छ तर मेरो प्रश्नहरुको च्याङ्गले छयाङ्गको ह्याङ्ग ओभर भन्दा कम पीडा कहाँ दिएको होला र मलाई । बिचारको पर्खाल ढलेर किच्लाझै भएर हानिए म कम्प्यूटर कोठामा। धेरै समय देखि नचलेको कम्प्यूटरले मलाईनै कुरी कुरी भनेझै भान भो । आज मलाई एस एम एस गर्ने मान्छे सँग कुरा गर्नु छ ।

Share:

त्यो दिनको देउसी!!

म सानै हुदा देखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी दशैमा मामाघर,मुलघर,यता उता कता कता टिका लगाउन पनि जानु पर्ने,गाडी उस्तै भिड त्यसैले दसैँ भन्दा तिहारले मनमा डेरा जमाएको हुनुपर्छ।अन्य कारण पनि होलान् यहाँ सबै कारण लेख्न उचित नहोला।वातावरण फूलै फूलको,सबैको घर आँगन फूलको वासनाले सुवासित भएका हुने,सबैको मुहारमा खुसी,रौनक।सबै तिर झिमिमिलि,मिठा मिठा खाने कुरा सबैको भान्सामा बन्दै अहो! कस्तो मज्जाको समय।कुरा धेरै पहिलाको हो त्यो बेला मा ११मा पढ्थे ,२०६० सालको कुरो हुनुपर्छ ।यो सालको तिहार आउदा त्यो तिहारको ११ वटा वसन्त बितेको हुन्छ। त्यो बेलाको तिहारको कुरा,रमाइलो चाडको कुरा।जसरी दशैले बिदाइको हात हल्लाएर हामी माझबाट गयो,लगत्तै तिहारले आफ्नो आगमतको निम्तो दिन थाल्यो सबै तिर फूल फुलाएर,वातावरण रंगिन बनएर,फूलको वास्नाले सुगन्धित पारेर।तिहारको आगमनको खबरले फेरी मेरो मन तरंगित भयो,बहिनीको हातको टिका लगाउने,अनि देउसी खेल्ने रहरले।
Share:

Tuesday, September 30, 2014

लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"

धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।
Share:

लघुकथा- महान ब्याक्तित्व !!

कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो परम्परा अनि सान भएकोछ,यो परम्परा बन्द हुनुपर्छ।
Share:

लघुकथा- "जीउँदो"


म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"
सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले मायालुपलको स्पर्श दिए।
Share:

लघुकथा-भिन्नता


"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि आराम गर्नु,केहि दवाई पनि लिनु है।पैसा त छ तिमी सँग?" सोमनाथले सुझाब मुलक बिदा दियो
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive