Monday, September 20, 2010

- अंसियार

१० बर्षे नबिन ५ कक्षामा पढदै थियो,घर मा उसको हजुरबा ,हजुरआमा ,बा ,आमा ,काका-काकी अनि उसको भाइ थिए।एक सुखी परिवारनै थियो।मान्छेको मननै त हो कता कता के के हुन्छ।एक दिन नबिनले उसको बा र काका झगडा गर्दै गरेको देख्यो,त्यो समयमा उसले केहि पनि बोलेन तर मनमा केहि कुरा खेलायो।बेलुका उसले बासँग
Share:

गज़ल-१५

म बैमान तिमी बैमान,यहाँ भए सारा बैमान !
आशा सधै सुताउँने ,अन्धकारको तारा बैमान!!

आयो है चुनाबि पल,गर्नलागे दौडधुप !
नेताले गर्नथाले भाषणमा नारा बैमान!!

जनता सोझा हामि,खान्छौँ पिडा सधै-सधै!
घरैमा सुबिधा छ,पानी नखस्ने धारा बैमान!!
Share:

Monday, September 13, 2010

गज़ल-१४

पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!
वाग उस्तै-उस्तै,यहाँ माली फरक!!

धेरै सुन्यौ यहाँ आस्वासन भाषण !
नेता उस्तै-उस्तै,मात्रै ताली फरक!!

भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!
सुझाब उस्तै-उस्तै,केबल गाली फरक!!
Share:

Sunday, September 12, 2010

- तिमीले पिलायौ

तिमीले
पिलायौ
अनि मलाइ पनि
पिउन मन लाग्यो
त्यो
अमृत
या
बिष
मैले पिए
Share:

गज़ल-१३

मेची दुखे काली पनि दुख्नु पर्छ अब!
यौटा सुके अर्कोपनि सुक्नु पर्छ अब!!

देश बल्दा बासुरीमा राग फुक्ने प्रती !
एकै हुदै क्रान्ती धुन फुक्नु पर्छ अब!!

एउटै ठिक्को हुनुपर्छ जनता सबै हामी!
हामी हाम्रो भनि स्वार्थ लुक्नु पर्छ अब!!
Share:

गज़ल-१२

पीडा दुख्नुको मज्जानै अलग,दिलनै नदुख्नु दुखे पछि!
आँशु सुक्नुको मज्जानै अलग,आँशुनै नसुक्नु सुके पछि!!

थोरै लजाइ चक्षुनै झुकाइ,नशानै तिम्रो त्यो हेर्न पाए !
माया लुक्नुको मज्जानै अलग,मायानै नलुक्नु लुके पछि!!

दिन बित्छन रात'नी,तिम्रोनै यादमा कुर्दा चौतारीमा !
बाटो ढुक्नुको मज्जानै अलग,बाटोनै नढुक्नु ढुके पछि!!
Share:

- सधैं किन अन्तै आँखा

सधैं किन अन्तै आँखा जुधाउँछ्न किन
रुप नाप्दै मन फेरी कुदाउँछन किन

सस्तो भयो माया,बजारको खेल
बैस आयो गयो,भदौरेकै भेल
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन
Share:

गज़ल-११

वाक्कछु मत मुहार् जालीदेखि!
ओठमा पोत्ने रंगी लालीदेखि !!

हुनु है टाढा तिमी सधै-सधै !
नक्कली हिस्शि पर्या कलीदेखि!!

छैन'नि भर कसैको आज-भोलि!
लुटिया हुन्छ्न् आफ्नै मालीदेखि!!
Share:

गज़ल-१०

देश जनतालाई नाम सारीदेउ
कि त सत्ता मोह च्वाट्टै मारीदेउ

नगर् लफडा भो कुर्सि कुर्सि भन्दै
चाँडै अशान्तीको नदि तारीदेउ

कती चाकडिनै गिद्धे भारतको
तिन्को चाकडि भो अब छाडिदेउ
Share:

- साहित्यमा हिजो जन्मे

साहित्यमा हिजो जन्मे,बामे सर्दो छु आज।
सुझाब पाइहजुरको ,अघि बढ्दो छु आज।
पाइ राखु सुझाब,माया अनि आशिर्बाद हजुरको
केहि गर्न साहित्यमा हजुरको भर पर्दो छु आज।।

म को हु,मन मन जोख्दै छु आज।
आफ्नो मुल्य आफै तोक्दै छु आज।
Share:

- दुख्छ मुटु

दुख्छ मुटु तिम्ले मेरो साथ नदिदा
बैरागिए मत तिम्ले मलाइ हात नदिदा
रित्यो बोतल,पिइयो नसा तिम्रो यादमा,
हुन्छु हैरान,रक्सिले पनि मात नदिदा !- १

मेरो यादमा आँशु धारा कहिले नझार्नु
हारे मैले प्रेममा तिमी कहिले नहार्नु
Share:

-म रात कुमारी

तिमी झुल्कियौ
म अस्ताए
किनकी
तिमी


एकै पटक
झुल्किन
मिल्दैन रे
तिमी सुर्य
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive