सिक्नु नै पहिलो लक्ष्य.....

Monday, November 2, 2015

कथा – प्रेमनगरी

बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज...
Share:

जे भन्नुस धोती नभन्नुस …….

अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले...
Share:

Saturday, October 3, 2015

भोली हाम्रा सन्ततिले हामीलाइ धिकार्ने छन्

हाम्रो गाउँमा एक जना काका थिए,उनलाइ भागमा दही मोही नहुदा गाँसनै नछिर्ने , तर घरमा दुहुनो गाई भैंसी भने थिएनन् । सधै अरुकोमा मागेर काम चलाउने उनको बानी भै सकेको थियो । माग्नेलाई सधै कसले दिने? दिएमा पनि राम्रो कसले दिने ? तर पनि दारा ङचियाएर माग्न छोडेनन । एक दिन गाउँकै एक काकीले माग्न जादा मुख भरीको जवाफ दिइन् – ” गरेर खानको लोभले कति माग्छौ हो भाइ...
Share:

Thursday, August 27, 2015

नाजायज माया

“चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले एकै स्वासमा बोल्यो । उ अर्थात् मेरो नयाँ रुम मेट । खासमा उ इन्डियन हो,तर अलिक आत्मीय छ म सँग ,खोइ केले त्यो न मैले बुझ्न चाहे,न उसले...
Share:

भेडा जनता !

राजा बिरेन्द्रको हत्या हुदा म ताप्लेजुङको एउटा गाउँमा मावल बसेर पढ्दै थिएँ । त्यो बेलाको घटना मलाई याद छ राजा मरेको दुखमा मेरो हजुरबाले कपाल मुण्डन गराउनु भयो दुई छाक अनिलो खानु भयो । उहाँको भनाइ राजा भनेका शिर हुन, ईश्वरको एक रुप हुन । हो जस्तै लाग्थ्यो त्यो बेला बाल मस्तिष्कमा राजा भगवान नै भन्ने गहिरो छाप परेकाले पछि सम्म पनि त्यो छापले छोडेन...
Share:

नेता ज्यु, सडकमा टायर बालेर हो देश विकास हुने ?

देश हिजोआज कुन दिशामा बग्दैछ कसैलाई थाहा छैन । दिनदिनैको बन्द र हड्तालले देश झन्-झन् अधोगतितर्फ लाग्दैछ । हो, हामीलाई देशको चिन्ता छ; तर बाध्यताको जंजिरले बाँधिएर अरबभूमिमा श्रम र पसिना बगाउँदै छौँ । टायर बालेर र ढुङ्गामूढा गरेर आखिर देशलाई कुन स्थानमा पुर्याउने सोच छ होला यी आन्दोलनकारीको? आन्दोलनले देशलाई प्रगतितर्फ नभएर दुर्गतितर्फ धकेलिरहेको तथ्य...
Share:

“छोरा ! मेरो कात्रो माथि कुनै दलको झण्डा नपरोस्”….

एक प्रहरीको घरमा जन्म लिएर होला मलाई सानै देखि कुनै दल,कुनै झुण्ड सँग लगाब भएन । प्रहरी चौकी भित्र खेले खुर्किएको हुनाले एक सच्चा प्रहरी बन्ने एउटा अज्ञात रहर पलाएको हो सानै देखि,ठूलो भए पछि पनि त्यो भुत कायम थियो । तर देशको विषम परिस्थिति ,बेरोजगार हुदाको तनाव सबैलाई मध्य नजर गरेर हरियो पासपोर्ट बोकेर लागियो खाडी मुलुक । लगभग ८ वटा वसन्त बिताइयो...
Share:

Friday, August 14, 2015

काठमाडौँमा एक दिन , स्मृतिमा दिन दिन ।

आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र मैले पढेको/सुनेको काठमाडौँ घुम्नुछ, आफ्नै आँखाले देख्नुछ। अझै भनौं आफैले भोग्नुछ अनि एउटा अनुभव...
Share:

Tuesday, August 4, 2015

संस्मरण - मित्रता जोगिएको दिन

यो मेरो लागी नितान्त नयाँ स्कुल थियो।जीवनमा मैले ७,८ वटा स्कुल परिवर्तन गरे हुला।बुबा प्रहरीको जागिरे हुनाले बुबाको जहाँ जहाँ सरुवा हुन्थ्यो त्यहाँ त्यहाँ हामी पनि जान्थ्यौ।बिरालोले छाउरा सारे जसरी सार्नु बाध्यता ।जब देखी मैले मावल बसेर पढ्न थाले तब स्कुल फेर्ने रोग निको भयो। धेरै स्कुल धेरै मित्र,धेरै शिक्षक।कक्षा ८ पास गरेर म मावल देखी पैदन उकालो...
Share:

मुक्तक ! 03-08-015

एक दिन पक्का देखाउने छु त्यो चन्द्रमामा गएर ! आफ्नो लक्ष्य भेटाउने छु त्यो चन्द्रमामा गएर !! धर्म,राजनिती,पैसा,नातावाद यी सबै गन्जागोल , इलेजरले जस्तै मेटाउने छु त्यो चन्द्रमामा गएर !!!!&nbs...
Share:

Monday, July 27, 2015

शेख साहेबलाई बिन्तिपत्र !

सलाम शेख साहेब ! म एक टाउकाले यो लेखे पनि यी समस्या लगभग 4 लाख टाउकाका साझा समस्या हुन । हामीदेशले लखेटेका बेरोजगार युवालाई रोजगार दिएकोमा सर्वप्रथम धन्यवाद । घरदेशमा हुदा आमाकोहोटलमा खाएर बाबुको लजमा घाम बैसालु हुदा सम्म सुत्ने म र म जस्तालाइ विस्वासीलो मानेरपाले,ढोके,ताब्बुके,बेल्चेको जागिर दिने शेखको महानता म कहाँ भुल्छु र । पून एक पटक शेख साहेबको...
Share:

लघु कथा - वास्तविक पीडित

सबै काम,अध्ययन सकेर बेलुकी घरमा भेला भए।यो घरको मुखिया,प्रमुख भनौ या बा राजेन्द्र अनि घरमा एक्लो कमाउने पनि उनिनै।परिवारमा दुई जना छोरा बेरोजगारे तर अध्ययन गर्दै,त्यस्तै दुई छोरी भक्खर क्याम्पस पुगेका कमाउने कुरै भएन, श्रीमतिलाई घर धन्दामै दिन चिप्लिएको थाहानै नहुने।आत्मियताले सुखी परीवार धनले मध्यम वर्गिय। खाना खाएर सबै एकै स्थानमा भेला भए,दिन...
Share:

मुक्तक - 2015-7- 20

सिक्नु भएन पाठ भुलबाट ।।कि चेताउनु पर्ने हो सुलबाट ?हे ! नेता ज्यु के गर्नु पर्ला अब ?!भन्नू हुन्छ रे चल्दैन देश बहुलबाट...
Share:

Sunday, July 26, 2015

गजल - 2015-07-26

याद  अनि  बचपन , लिलामीमा राखियो । मुटु भित्रको धड्कन ,लिलामीमा राखियो । बित्यो  जवानी अरबमा, गर्दा  गर्दै गुलामी , बाध्यताले  सारा जिवन ,लिलामीमा राखियो...
Share:

Saturday, July 25, 2015

सावन अनि उनी

जीन्दगीका इन्द्रेणी रंग घोलेरजब तिमी मुस्कान फुलाउनेछौत्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमासंतुष्टीको वर्षादले रुझेका ती चक्क्षुदु .......र देश सम्म मेरो पिछा गर्नेछ हर्षविभोर हुनेछन्आनन्दले खुल्न...
Share:

Sunday, April 19, 2015

"कौडीको भाउमा लिलामी हुदैछ "

भत्किएका बिचारहरुकुहिएका विवेकहरुअसरल्ल बिक्रीमा छन् बजारमा टाउकाहरुको केही थानबिक्री गर्दा छन्केही थान मोलमोलाइ गर्दा छन् दु:खद अनुभुतीसच्चा बिचारका खण्डहरअसल विवेकका चिहानजता ततै देखिन्छन् हाम्रो शहरमा म बबुरो सोच्छुचुरोट र कफीको चुस्की सँगैनाताहरुको पासोभविस्यको चिन्तालेम चिन्तन गर्न नसक्ने भएकोछुम आफ्नो बिचार विवेकबजारमा लिलामी गरौ...
Share:

मात्रै फेरिनेछन क्यालेन्डर !!

बसन्तको कलिलो मुना प्राकृति उन्मुक्त छकोहिलीले "को हो को हो"संगीत भन्दा मीठो भाका उराल्दैकाफल पाकेर बन मगमग पुलत्कित हुँदैमेरो देश रंगीन भयोनदि नाला सुस्त बग्दैकुलुलुलु तानपुरा अलाप्दैलोभ्याउने क्यानभास कोर्दैप्राकृतिक छटाले झिलीमिली छ देश सधैं जस्तै आयो नयाँ सालकसैको बोलावट बीनाकसैको प्रतीक्षा बीनाआफ्नै सुरमा आयो नयाँ स...
Share:

वंशलोचन एक पाठकको नजरमा ।

समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ । यो...
Share:

Wednesday, April 1, 2015

गजल -2011-11-20

बगेको छ यौवन समालौ कहाँ पो! कसेरै तनलाई अगालौ कहाँ पो!! झुकेका नयन यी इसारा दिदैछन्! छ दागी जवानी पखालौ कहाँ पो...
Share:

“हो यसरीनै जीवन बिताइन्छन् परदेशमा”

जब जब  मन डडेर पत पत धुवाँ आउछतब तबशब्द बिस्फोट हुन्छन्असरल्ल छरिन्छन शब्दहरुकापीको क्यानभासमा यतिले नपुगेमाबन्द कोठा भित्र केहि थान उस्तै मन दुखेका ठीटा भेला हुन्छन्सुरु हुन्छ पून बोतलको पानी बाड्ने क्रमसुन्यता चिरिन्छन्गिलास भरिन्छन्अनि एउटा संयुक्त आवाज निस्किन्छ“चियर्स”यहीँ योजना बन्छन् जीवनकात्यहि अन्त्य हुन्छन्सपनाहरुको हत्या गरिन्...
Share:

डायस्पोरा नभन्देउ

हज्जारौं सपनालाखै रहरमरुभुमीको घाममा सुकाउदैपसिनाले आत रसाउदैकित्ता कित्ता जीवनको उदिन्दैपरख्दै छु जीवनआरानको फलाम झै !आशा छभरोसा छहुन्छ पक्कैआकार दिन्छु यसलाईम फलामबाट कुनै आकारको हतियार बन्छुचम्किनेछु चमचम चमचममलाई मञ्जुर छैन छदै छैनझुन्डिन भित्ताको पात्रो ...
Share:

Thursday, March 19, 2015

फेसबुकको भेट -२

जीवनमा यस्तो छटपटी कहिले पनि भएको थिएन,रातको समयमा पनि कति पटक उठेर भित्र बाहिर गरे,कति पटक मोबाइल खोलेर हेरे,बन्द गरे।फिटफिटीले मलाई रुग्न बनाएको थियो।आफुलाईनै नाताकत भएको अनुभव हुदै थियो।हो मैले गल्ती गरे मनले यसै भन्दै थियो तर दिमाग मान्न तयार थिएन।मन र दिमागको युद्धले झन् म आक्रान्त भएँ।यो समयमा मनको उत्वेग कसलाई सुनाउ?आफै भित्र राखै पनि चुली...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers