सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो ।शंकाले लंका जल्छ होइन काली मन जल्छ भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ ।तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ , मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, तिम्रो अँगालोमा रोए पछि म निकै हल्का भएँको हुन्छु सपनिमा पनि।तिमीलाई याद छ त्यो दिन जुन दिन तिमी मलाइ बिदाइ गर्न एयरपोर्ट गएकी थियौ ?तिमी पनि चुप म पनि चुप सुन्य सुन्य वातावरण थियो त केवल छुटिनुको पीडा ,अत्यास ।आँखा आँखा कुरा गर्थे होइन सुटुक्क ,हुन त मैले तिम्रो आँखामा आँखा जुधाएर हेर्ने हिम्मत गर्न सकेको थिइन ।यो जेष्ठको महिना रिमझिम रिमझिम वर्षा भिजेरनै जाने ईच्छा थियो तिम्रो आलिंगनमा तर त्यो कहाँबाट सम्भव थियो होइन ?
Monday, June 6, 2011
युग पुरुषको आमा बन्न चहान्छु !!!
बामे सर्दै छु म
हिजो जन्म लिएँकी मैले
केहि बुझ्दिन तिम्रो भाषा-लिपी
म पहाडकी छोरी
हिमालको छातीमा नुनु गर्छु
लहरा पहरा मेरो सखी-सखा
समय सँगै हुर्किएँ म
बाल्यकाल समाप्तिए
म जवान भएँ
तर थाहा छ
नाङ्गो जन्मिएँ
नाङ्गोनै मर्छु
जवानीमा पनि
नाङ्गै छु म
अब के नाङ्गो बनाउँछौ?
बेसरम म
लिङ्ग भेद के थाहा मलाई
जात के थाहा मलाइ??
Saturday, May 21, 2011
बुलबुलमा वाचन भएको पत्र
"काली" घायल ह्र्दयबाट स-कुसलताको शुभेक्षा तिमीमा सार्वजनिक गर्दछु।
यस ह्र्दयको मन्दीरमा तिमी मात्र तिमी विराजवत छौ।यस ह्र्दयको तरल प्यार ग्रहण गरेर मेरो चञ्चल मनलाई राहत देउ।बिछिप्त मनको उदगार पोख्न लागेको छु,यसलाइ तिम्रो कोमल निश्चल मनको अन्तरकुन्तरमा वशिभुत हुन देउ,ताकी यो हाम्रो समन्धको फूल वौली नझरोस्,झरी नजाओस कस्तै तुफानले पनि ।।
गीत-१२
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ|
डाहा गर्दै तिम्रो मुहारको जल्ने बनायौ ||
तृप्त पार्यौ नशा नशाभित्र माया घुलाएर|
भन्न सक्छु प्रीय तिमी मेरो छाती फुलाएर||
पत्थर मुटु मेरो मायालेनै गल्ने बनायौ|
मलाई पनि तिम्रो इसारामा चल्ने बनायौ||
किनकि देशले रगत माग्दैछ!!!!
भो अब मलाई चाहिन्न शान्ती
कति महङ्गो शब्द यो
कती वर्ष लाग्ने यो पाउँन??
त्यसैले अब मलाई चाहिन्न शान्ती|
मलाई अब दिन सक्छौ भने बम देउ
बन्दुक देउ,लडाकु देउ||
अब फेरी म युद्ध गर्न चाहन्छु
रटटटटटटट भटटटटटट पार्न चाहान्छु
Tuesday, May 10, 2011
गमक गेडीहरु
(एक)
दुख्छ पीडा बल्झेर,कस्तो होला नियती
कस्ले गर्दा साँईला,देशको भयो यो गती?
सबै देख्दैछु,
त्यसैले त केहि लेख्दैछु।।
Wednesday, May 4, 2011
कबिता
मेरी एउटी प्रेमिका छिन
राम्री नभए पनि कुरुप होइन
काला चक्षु चञ्चल छन्
झरना जस्ता काला कपाल
कम्मर सम्म लत्रीएका
फराकिला चौडा निधार
अनार जस्ता रसिला ओठ
हिराका लहर जस्ता दाँत
हल्का उठेका बक्षस्थल
साँस्ची मेरी प्रेमीका राम्री छिन्।।
मुस्कान सँगै बोल्ने उनको बानी
कती लठिए कति पागल भए
म पनि लठिए र पागल भएँ।
उनलाइ म अँगालोमा कस्न चाहन्छु।।
अन्तरवार्ता
आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।
लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।
"Sir, may i seat here." मैले प्रश्न गरे
"Yes please, have a seat." सरले भन्नुभयो
धेरै प्रश्नहरु सोधिए,धेरैको उत्तर दिएँ।अलि अलि गर्दै मेरो डरपनि गायब हुँदै गयो।एक प्रकारको आत्मविश्वास पलायो।
अन्त्यमा सर सँग हात मिलाउँदै म बहिर निस्किएँ,मन हर्षितनै थियो।सरको कुरा गराइबाट म पास हुने लगभग पक्का थियो/
Wednesday, April 20, 2011
गज़ल-६९
के पो देला सरकारले,आफै सडक छाप हुदै छ।
ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।।
झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।
कस्ले गर्दा इज्जत यो,सबै बली राप हुदै छ।।
लंका हर्यो बादरले,जस पायो नाथे ढेडुले।
अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै छ।।
Wednesday, April 13, 2011
अ/कथा भित्रको कथा (पाँच)
रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो।
दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा।
यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै छु नि अब म त्यो अतितलाइ भुल्न चाहन्छु।
मलाइ पनि कता कता दुख्यो यो शब्दले"यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।" सोचे होत आखिर म को हु यो युद्ध कथा सुन्ने?मलाई कसले दियो यो अधिकार अर्काको अतितलाइ उप्काउँने।म थोरै लज्जित भए।हितमान दाइ के गर्न थालेका थिए मैले मेरो झोलाभिरेर जुत्ता लगाउँन थाले।जुत्ता लगाइ सकेपछि दाइ ल म अब जान्छु भने।मेरो यो अप्रत्यासित कुराले दाई पनि छक्क परेछन् होइन के भो भाईलाई?आज डिउटी छैन भनेको होइन बसन।
Monday, April 11, 2011
अ/कथा भित्रको कथा(चार)
रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त?
भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै छापामार थिए त्यहाँ,सबैको मुख रुमालले छोपिएको थियो सबैले मलाई एक तमासले हेर्दै थिएँ कता कता डर डर पनि लाग्यो।उनिहरुको हेराईमा केहि त थियो मैले सोचे।एक जना छापामार (जो हिजो मेरो घरमा गएको रहेछ)ले मलाइ लालसलाम कमरेड भन्यो मैले पनि लालसलाम भने।उसले मलाइ छापामार इन्चार्जकोमा लग्यो। अनि भन्यो कमरेड यो भाई पनि हाम्रो पार्टि प्रती आस्थावान रहेछन् अब यिनले पनि हाम्रो बिचार अनि वादलाइ साथ दिने रे।
मुखमा केहि बाँधेको थिएन त्यो इन्चार्ज भनाउँदोले,२८-३० वर्षको जस्तो देखिने त्यो मान्छे बोल्न थाल्यो।भाइ हजुरको नाम?
हितमान बर्देवा-मैले उत्तर दिएँ
“ए! ठिकै छ,आज बाट हजुरको नाम "कमरेड प्रभात " भो अब हीतमान होइन है”- इन्चार्जले भन्यो
अ//कथा भित्रको कथा(तीन)
धेरै दिन भएको थियो मैले हितमान दाईलाइ।युद्धको गथासो सुन्ने मेरो ईच्छा अझै पूरा भएको थिएन।उहाँ पनि व्यस्त म पनि व्यस्त भेट पातलिनु त्यो नै थियो।लामो समय पछि उहालाइ भेटन बिहिवार रात म उहाँको रुममानै गए।आखिर तिर्खा धाउँनै पर्ने हुन्छ ।
रातको ९:३० तिर खाना साना खाइ सकियो अनि पसियो सुत्ने कोठामा।दाईले लेप्टप खोल्दै समाचार हेर्न थाल्नु भो।लामो सुस्केरा हाल्दै भन्नु भो यो नेपाल कहिले नबन्ने भो भाइ,सके नेता भनाउँदाले मेरो देशलाई।जहिले पनि कुर्सि कुर्सि भन्दै बस्नेले देश बनाउछन् होला त?
खोइ दाइ के भन्ने यि सुद्धि खुस्किएका नेतालाई?खयर दाई यो कुरा भन्दा पनि मलाइ हजुरको कथा सुन्न मन छ,त्यो कारण म यहाँ आएको छु।भेट्न अनि हजुरको युद्ध कथा सुन्नके सुन्छौँ भाइ त्यो तितो बिगत?भो त्यो कथा अब सम्झिन्न म।





