Wednesday, May 4, 2011

कबिता


मेरी एउटी प्रेमिका छिन
राम्री नभए पनि कुरुप होइन
काला चक्षु चञ्चल छन्
झरना जस्ता काला कपाल
कम्मर सम्म लत्रीएका
फराकिला चौडा निधार
अनार जस्ता रसिला ओठ
हिराका लहर जस्ता दाँत
हल्का उठेका बक्षस्थल
साँस्ची मेरी प्रेमीका राम्री छिन्।।
मुस्कान सँगै बोल्ने उनको बानी
कती लठिए कति पागल भए
म पनि लठिए र पागल भएँ।
उनलाइ म अँगालोमा कस्न चाहन्छु।।
Share:

अन्तरवार्ता


आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।

लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।

"Sir, may i seat here." मैले प्रश्न गरे
"Yes please, have a seat." सरले भन्नुभयो 

धेरै प्रश्नहरु सोधिए,धेरैको उत्तर दिएँ।अलि अलि गर्दै मेरो डरपनि गायब हुँदै गयो।एक प्रकारको आत्मविश्वास पलायो।

अन्त्यमा सर सँग हात मिलाउँदै म बहिर निस्किएँ,मन हर्षितनै थियो।सरको कुरा गराइबाट म पास हुने लगभग पक्का थियो/
Share:

Wednesday, April 20, 2011

गज़ल-६९


के पो देला सरकारले,आफै सडक छाप हुदै छ।
ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।।

झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।
कस्ले गर्दा  इज्जत यो,सबै बली राप हुदै छ।।

लंका हर्‍यो बादरले,जस पायो नाथे ढेडुले।
अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै छ।।
Share:

Wednesday, April 13, 2011

अ/कथा भित्रको कथा (पाँच)


रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो।

दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा।

यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै छु नि अब म त्यो अतितलाइ भुल्न चाहन्छु।

मलाइ पनि कता कता दुख्यो यो शब्दले"यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।" सोचे होत आखिर म को हु यो युद्ध कथा सुन्ने?मलाई कसले दियो यो अधिकार अर्काको अतितलाइ उप्काउँने।म थोरै लज्जित भए।हितमान दाइ के गर्न थालेका थिए मैले मेरो झोलाभिरेर जुत्ता लगाउँन थाले।जुत्ता लगाइ सकेपछि दाइ ल म अब जान्छु भने।मेरो यो अप्रत्यासित कुराले दाई पनि छक्क परेछन् होइन के भो भाईलाई?आज डिउटी छैन भनेको होइन बसन।
Share:

Monday, April 11, 2011

अ/कथा भित्रको कथा(चार)


रातको १२ बजिसकेको थियो,अझै मलाइ हीतमान दाईको युद्ध कथा सुन्ने मन थियो मैले फेरी भने अनि दाई के भो?के भोली पल्ट तपाई जानु भयो त?

भाई भन्दै छु नि मान्छे जब भावनामा बग्छ उसको दिमागले काम गर्दैन,जब मनको आवाज सुनिन्छ तब सबै भताभुङ्ग हुन्छ।भोली पल्ट बिहाननै उठेर म लुगा एउटा झोलामा खादखुद गरेर भागे घर बाट बा आमालाइ थाहानै नदिइ हिजो राती उनिहरुले दिएको ठेगनामा।धेरै छापामार थिए त्यहाँ,सबैको मुख रुमालले छोपिएको थियो सबैले मलाई एक तमासले हेर्दै थिएँ कता कता डर डर पनि लाग्यो।उनिहरुको हेराईमा केहि त थियो मैले सोचे।एक जना छापामार (जो हिजो मेरो घरमा गएको रहेछ)ले मलाइ लालसलाम कमरेड भन्यो मैले पनि लालसलाम भने।उसले मलाइ छापामार इन्चार्जकोमा लग्यो। अनि भन्यो कमरेड यो भाई पनि हाम्रो पार्टि प्रती आस्थावान रहेछन् अब यिनले पनि हाम्रो बिचार अनि वादलाइ साथ दिने रे।

मुखमा केहि बाँधेको थिएन त्यो इन्चार्ज भनाउँदोले,२८-३० वर्षको जस्तो देखिने त्यो मान्छे बोल्न थाल्यो।भाइ हजुरको नाम?
हितमान बर्देवा-मैले उत्तर दिएँ
“ए! ठिकै छ,आज बाट हजुरको नाम "कमरेड प्रभात " भो अब हीतमान होइन है”- इन्चार्जले भन्यो
Share:

अ//कथा भित्रको कथा(तीन)


धेरै दिन भएको थियो मैले हितमान दाईलाइ।युद्धको गथासो सुन्ने मेरो ईच्छा अझै पूरा भएको थिएन।उहाँ पनि व्यस्त म पनि व्यस्त भेट पातलिनु त्यो नै थियो।लामो समय पछि उहालाइ भेटन बिहिवार रात म उहाँको रुममानै गए।आखिर तिर्खा धाउँनै पर्ने हुन्छ ।

रातको ९:३० तिर खाना साना खाइ सकियो अनि पसियो सुत्ने कोठामा।दाईले लेप्टप खोल्दै समाचार हेर्न थाल्नु भो।लामो सुस्केरा हाल्दै भन्नु भो यो नेपाल कहिले नबन्ने भो भाइ,सके नेता भनाउँदाले मेरो देशलाई।जहिले पनि कुर्सि कुर्सि भन्दै बस्नेले देश बनाउछन् होला त?

खोइ दाइ के भन्ने यि सुद्धि खुस्किएका नेतालाई?खयर दाई यो कुरा भन्दा पनि मलाइ हजुरको कथा सुन्न मन छ,त्यो कारण म यहाँ आएको छु।भेट्न अनि हजुरको युद्ध कथा सुन्नके सुन्छौँ भाइ त्यो तितो बिगत?भो त्यो कथा अब सम्झिन्न म।
Share:

Wednesday, April 6, 2011

गज़ल-६८


होस गर मित्रहरु उल्टो युग आउँदैछ रे।
गाईहरु आन्दोलनमा गोरु पनि ब्याउँदैछ रे।


नातावाद  कृपावाद उस्कै सालो सिफारिस।
वाटर् भन्दा कटर् दिने ज्ञानी मान्छे ल्याउँदैछ रे।।
Share:

-मैले बुझ्न सकिन


क्षितिज hello hello के हो तिमी आज भोलि किन म बाट टाढा टाढा हुदै छौँ म तिमिलाइ आवाज दिदैछु तिमी सुनेको नसुनै देखेको नदेखै गर्दै भाग्दै छौँ,के तिमी अन्धो भएको छौँ,बहिरो भएको छौँ?

"आँखाले देख्न छोडि सके कानले सुन्न?हो म अन्धो भएको छु बहिरो भएको छु।"मनु तिर हेर्दै नहेरी बोल्छ क्षितिज

सुzzzसुzzzसु हल्का सुकसुकाउँछे मनु- "क्षितिज मैले बुझि सके अब म मा रस छैन त्यसैले तिमी मलाइ त्यागदै छौँ,तिमी लोग्ने मान्छे यस्तै हुन्छौँ।आज फेरी प्रमाणित भो। भो धेरै नबोल  म तिम्रो आँखाको भाकापनि बुझ्छु,तिमीले मलाई माया नगरे के भो त?माया कसैको करकापमा गर्ने पनि होइन नि ।म खुसि छु।"
Share:

Monday, April 4, 2011

गज़ल-६७


पहरा पो गर्जियो भन्यौ,नेती तिम्रो हातमा थियो।
च्टयाङ्गनै बज्रीयो भन्यौ,खोट तिम्रो बातमा थियो।।

अनौठो त्यो रीतिनै तिम्रो,चुस्न सम्म चुस्यौ हिजो।
फूल त्यसै मुर्झियो भन्यौ,दोष तिम्रो घातमा थियो।।
Share:

Tuesday, March 22, 2011

गीत-११


जब देखे तिमीलाई,बल्न थाल्यो मनको दियो!
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो !!

भनौ भने जून पनि,जूनमा पनि दाग देख्छु,
सुन भन्दा सुनको पनि,बजारमा माग देख्छु।।
भेट पनि हुने होइन ,सम्झनाले ज्यानै लियो,
मन भित्र बस्यौ तिमी ,मन मेरो खुशी थियो!!
Share:

होलि !!!


किरिङ् किरिङ् फोनको घण्टि बज्यो हेलो मैले फोन उठाए 
ओइ चन्द्रगडी आइज सबै केटाहरु भेला भएका छन् उता बाट जवाफ आयो ।
पख यार सुड्डो घरमै छ क्या रडिस् गर्दै छ ।मैले भने 
ल ल चाँडै आइज मैले फोन राखे उता बाट भन्यो 
हुन्छ हुन्छ मैले भने 

यो होलिको दिन बाको पनि किन अफिस बन्द भएको होला गिदी गर्छन् बुढा हल्लिन दिने होईनन् ।यसो ढोका खोलेर हेरे बुढा सुतिसकेका रहेछन् मौका यो नै हो ढोका बन्द मात्रै के गरेको थिए भित्र बाट आवाज आयो धेरै समय होलि खेल्ले होइन नि अनि त्यो खाने नखाने कुरा पनि खाने होइन तेरो सङ्गत मलाई थाहा नभएको होइन ।
Share:

Wednesday, March 16, 2011

gazal-66


माया गरी भुल्नेलाई सलाम छ,
पराइ सँग खुल्नेलाई सलाम छ।।

वाचा भुली हिजो आज अर्कै सँग,
मस्की मस्की डुल्नेलाई सलाम छ।।

मरुभुमी मेरो मन तिम्रो लागी,
अन्तै फक्री फुल्नेलाई सलाम छ।।
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive