निराजन "प्रभात" लुइँटेल
मतान कोठामा पढेर बसिरहेको थिएँ,पढेको के थिएँ केबल किताब खोलेर बसेको थिएँ म।बाहिरबाट गुनगुन आवाज आउँदै थियो,कान थापेर सुने।
"यसले गर्नु गर्यो,अब अतिनै भयो।कसरी तह लगाउँने होला यसलाई?"बाको आवाज
"हो त एक दिन दुई दिन कति खप्नु हो?कलिलैमा यस्तो गर्दै छ पछि के होला यसको ज्याजती?"दाजुले थप्नु भो
"अब यसलाई केहि गर्नै पर्छ।कसरी...
Tuesday, December 23, 2014
Monday, December 1, 2014
लघुकथा -खोक्रो आडम्बर
अहो ! छि छि! यस्तो पनि हुन्छ बाथरुम ? पानीको पाइप पनि छैन,टिसु पेपर पनि छैन,कसरी हातनै प्रयोग गर्न सकेका होलान? फेरि हातैले खान्छन,न काँटा न चम्चा ।यो फेनले पनि हल्ला मात्र गर्छ अहो! कस्तो गर्मी भएको अफ अफ हात टक्टकाउदै छातिमा मुखले फु फु गरे । उसले गुनासो गर्यो । धमास दियो बिदेश बसाइको एसिको,एटेज बाथरुमको । चिल्ला बाटा,सरर गुड्ने गाडीको । यो देश...
लघुकथा - " गुणस्तर"
हिलापूर देखि हल्लेरी सम्मको १८ कि मी सडक कालो पत्रे गर्न बजेट पास भयो। यो हल्लाले हुनेखाने जति खुशी भए हुदा खानेहरु त्यति खुशी हुन सकेनन् । सडक बन्ने भएपछी त्यो क्षेत्रको जग्गाको भाउ सुन बराबर पुग्यो।हुदा खानेले त्यो क्षेत्रमा जग्गा किन्न के किन्ने सोच्न सम्म नसक्ने भए ।बाटोको टेन्डर पर्यो पश्चिम नेपालको यु एण्ड मि कम्पनीलाई । स्थानीयको अर्को आशा...
Sunday, October 26, 2014
संस्मरण-तिहारले रुवाउदा!
हामी दुई भाइ,दाजु अनि म हाम्रो दिदी बहिनी त्यो बेला सम्म थिएनन्।दिदी बहिनी नभएको हुनाले मलाइ अरूको दिदी बहिनी देख्दा पनि आफ्नै जस्तो लाग्ने।जब जब तिहार नजिकिदै गर्छ मलाइ झन् झन् यो दुखेसेले पेल्ने गर्छ,बिपनामै ऐठन गर्छ।आखिर किन हाम्रो दिदी बैनी नभएको।यो कुरा...
Friday, October 17, 2014
तमोरमा बग्ने पानी फरक छ?
के मेरो बाजेको टुप्पिहनुमानको पुच्छर होयसले तिम्रो लंका जलाउछ?खोइन भनेमेरो अस्तित्वत्यो टुप्पिकोकिन जरै उखेल्ल खोज्दैछ...
जात गएन तर पनि त्यो दशै राम्रो भएन
कुनै कुरा यस्ता हुन्छन ती कुराहरु मनको फोल्डरबाट जतिनै डिलिट गर्न खोजेपनी डिलिट गर्न सकिदो रैनछ, ती घटनाले यसरी डेरा जमाउछन कि भुल्न किठिन हुदो रैछ यस्तै एक घटना आज सम्म मेरो दिमागमा नाँचिरहेछ । झन दशैको चहल पहल बढ्यो कि झन बेगमा त्यो घटना बग्न थाल्छ मन रुपि पहराबाट ।कुरो धेरै पहिलेको हो,सायद म १०/१२ सालको हुदोहु,मावल बसेर पढ्नेहुनाले जीवनरुपि रथ...
गजल समस्या अनि यसका समाधानको उपायहरु !!
लेखक/संकलक-निराजन प्रभात लुइँटेल
छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन ।जस्तो चाइनाको माल-सबैले प्रयोग गर्ने तर पनि विस्वास नगर्ने।काठमाडौँको एउटा कुनामा...
कथा- सुखद् दिन
चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए पछी पुग्यो मानिसलाई नानाभाती मनमा खेलाउँनलाई । “खाली दिमाग सैतानको घर” भन्छन् हो पक्कै पनि । जीवनका बितेका अवशेषहरुको...
त्यो दिनको देउसी!!
म सानै हुदा देखि मलाइ सबै भन्दा मन पर्ने चाड तिहार,खोइ किन किन यो चाडको प्रवेशले मेरो तन-मन त्यसै-त्यसै उमंगले फुरुङग हुन्छ।वातावरण पनि त्यसै त्यसै रमाइलो हुने त्यो बेला,हुन त दसैँ पनि नरमाइलो पर्व त होइन तर दशैको बेलामा लामो बिदा हुनाले मलाइ त्यो चाड मन पर्दैन थियो,अनि लामो बिदा हुनु भनेको धेरै होमओर्क हुनु।बिदामा रमाउने भन्दा पनि होकओर्कको चिन्ता,फेरी...
Tuesday, September 30, 2014
लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"
धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथि...
लघुकथा- महान ब्याक्तित्व !!
कलेजको वार्षिकोत्सबमा पिन्सिपल बोल्दै थिए - हाम्रो कलेज नेपालकै नाम चलेको कलेजमा पर्छ।यहाँ हामिले ठूल ठूला हस्तीलाई जन्मदिएका छौँ ।हाम्रो शिक्षाको स्तर बिदेशी कलेज भन्दा कम छैन । केही मान्छे आफ्नो पैसाको रवाफ देखाउन आफ्ना छोरा छोरी बिदेशी कलेजमा पठाउछ्न पढ्नलाई ,उनिहरुले आफ्नो देशमा भएको यत्रो ठूलो कलेज देखेर पनि आँखा बन्द गर्दैछन । आज धनिहरुको यो...
लघुकथा- "जीउँदो"
म जन्मिने साथै सबै खुशी भए,रमाए।
"एउटाले भन्यो यो किन अहिले सम्म रोएन?"सबै आत्तिए,डराए कतै मृत जन्मिएको होइन अनुमान लगाए।केही समय अगाडीको खुशी सबै निराश सन्नाटामा बदलियो।कसैले मेरो छोरा भने,कसैले नाति,पनाति,भाइ,भतिज,भदो,भान्जा यस्तै खोइ के के हो के के।नाताहरुको त्यो थाक देखेर म च्याँ च्याँ गरे,ती नाताहरुले ऐठन भएर रोएँ।फेरि खुशिको फोहरा सुनियो।सबैले...
लघुकथा-भिन्नता
"सर आज मेरो पेट निक्कै दुख्दैछ,काम गर्न सक्छु जस्तो लाग्दैन।त्यसैले अनुरोध गर्न आएकि आजलाई बिदा दिनु पर्यो।"- देव्यानीले मधुर स्वरमा अनुरोध गरिन
"के भएर दुख्यो हो त तिम्रो पेट?"-केहि ठाट्टा गर्दै सोमनाथले प्रश्न गरे
"सर पनि महिलालाई किन पेट दुख्छ हजुरलाई थाहा छैन?"-देव्यानी मुसुक्क मुस्काउदै बोलिन्
"ठीक छ,भोलि पनि ठिक नभए मलाइ एक कल गर्नु अनि...
राजिनामा
यमराज धेरै क्रोधित हुँदै आफ्ना दुतहरु चण्ड,मुण्डलाई बोलाउछन।यमराजको आदेश शिरोधार गर्दै निमेष भरमा सभामा दुतहरु हाजिर हुन्छन। भैसीमा सावार आफ्नो राजाको यस्तो रुप आज सम्म यी दुतहरुले देखेका थिएनन।पापीलाई केरकार गर्दापनी भद्र अनि मिजासिलो व्यवहार देखाउने यमराजलाई आज के भएछ बुझ्न सकिरहेका थिएनन।"यहाँ यो पाप र धर्मको छिनोफानो गर्ने न्यायाधीश म हो कि...
लघुकथा- "मैले ९ मिनेटमा लेखे नि"
सानो छोराले कपिमा केही लेख्यो,उसैलाई चित्त बुझेन क्यार फेरि मेट्यो।केही बेर सोच्यो फेरि लेख्यो,केही अपूग मानेर फेरि मेट्यो।इरेजर घोटिएर सानो भयो तर छोराले लेख्ने र मेट्ने क्रम रोकेन।म पर बसेर टि भि हेर्दै यी सब नियाल्दै थिएँ।
लामो समय पछि छोराको मुहारमा केही चमक आयो,उ आनन्दित हुँदै मुसुक्क मुस्कुरायो।मेरो छेउमा आएर बोल्यो "बाबा यो टिभी ले ९ महिना...
कविता - मेरो सपना
बाले देखे सपना
छोरो डाक्टर भएको ।आमाले देखिन सपनाछोरो प्रशाशक भएको ।दाजुले भन्नू भोभाइ वकिल हुन्छदिदीले धारणा राख्नु भयोभाइ इन्जिनियर बन्नु पर्छमास्टर जिले भन्नू भो केटोमेघाबी छ ,यसले असल शिक्षक बन्नु पर्छसाथिहरुले भनेयो राम्रो खेल्छखेलाडी हुनुपर्छ ।
सबैले आफ्नो आफ्नोबिचार राखे ,अधिकार जमाउन खोजेमलाइ कसैले बुझेनमेरो भावाना कसैले कदर गर...
मित्रता-दुस्मनी
हिजो सँगै फाडेको तिते घारी
के तिम्रो मात्र हो,
यसमा के मेरो पसिना चुहिएको छैन ?
हिजो सम्म सँगै हामी हिड्ने बाटो कसरी भिन्न हुन सक्छ?
तिम्रो बाजे मर्दा ,
मेरो हजुरबुबा मर्दा
काँध दिने हामी
किन बाँडिएका छौ?
के यसलाइ परिवर्तन मान्ने?
हाप्पारे,देउसी
उस्तै थिएनन
दशैको टीकामा
मैले खसी ढाल्दा तिमिले रागो ढालेको भुल्यौ?
सुँगुर पोलेको बिर्सियौ?
हिजो...
कविता-भट्टी मै लेखिन्छ रे ।।
जब भट्टी देख्छुतब तबमेरो मन चुक्चुकाउछ यति भट्टी नहुदो हो तराजनितीकुटनितीबहुनितीपीडाहर्षयस्ताअनेकउत्वेगसम्वेगसायद मनमैउकुसमुकुस हुन्थेअनि फुट्थे होला मनैमाअहिले देशी बिदेशीबोतल फुटे झैबिचरा मनहरु ...
कविता- "भो अल्पज्ञानमा फुट नल्याउ"
किरात योनिबाट
उ जन्मियो
बाहुन योनिबाट म जन्मिएँहामी दुबैको अंगलगभग उस्तै दुरुस्तैकेबल केहि आकारको फरक
उ जन्मिएको खुशिमा राँगो काटियो
म जन्मिएको खुशिमा खसी
भोज आखिर उसको घरमा
अनि मेरो घरमा सबै तिर
पात्रो पल्टिदै गयो
दिन,हप्ता,महिना,साल
फेरिदै गए
हाम्रो आकार पनि बदलियो
सोच बद्लियो
उ बलवान थियो
म लु...
Saturday, August 30, 2014
मुख सम्हालेर बोल
निराजन प्रभात लुइँटेल
मन धोएर हेर
मुटुको धड्कन छोएर हेर
उ सँगै रोएर हेर
अनि भन को खाते हो?एक छिन बिना जुत्ता सडकको दुरी नापचिसो रातमा आकाश ओढरात भर भोकको कवाली सुनअनि भनको खाते हो...
Wednesday, August 20, 2014
दिमाग चटनी ।।
दिमाग चटनी ।।बन्द कोठा भित्र रंगिन वातावरण थियो।टेबुलमा बिदेशी रक्सि बोतल भित्र कैद थिए,साथमा दुई खुट्टे चार खुट्टेको मासु प्लेटमा पारखी कुर्दै थिए।ज्ञानले भरिएका दुई चार जनाको बिचमा अल्पज्ञानी म पनि थिएँ।बोतल फोडिए,मासुहरुको प्लेट खाली भए,अब सुरु भयो साहित्यको कुरा।ज्ञानिहरु बिच अब भाषाको अवरोध थिएन,भुगोलको बन्धन थिएन।नेपाली कम अंग्रेजी बढी बोलिन...
ए! गोरे दाइ
ए! गोरे दाइ
तिमी हतास छौँ सधैँ
तिमी चिन्तित छौ सधै
तिम्रो अतीत लेखेर कवि भए
तिम्रो दैनिकी लेखेर कथाकार भए
तर
तिमी उस्तैछौँ
दुरुस्तै छौँ
सुनकोसीको छाल भन्दा बढी मानविय उत्वेग&nbs...
लघुकथा-उपचार
लघुकथा-उपचार
डाक्टर साहेब नर्सहरुको लावालस्कर सहित आइ सि युमा छिरे।भित्र पसेर यसो नाडी छामे।नर्सहरुसँग साउतीमा कुरा गरे र बाहिर निस्किए।
यि सबै म बाहिरबाटनै हेर्दै थिएँ,आइ सि युमा पस्ने अनुमति थिएन।
"यो बिरामीको आफ्नो मान्छे हजुरनै हो?बिरामीको हालत गम्भिर छ,चाडै ५० हजार काउन्टरमा जम्मा गर्नुस्। अनि उपचार हुन्छ,बाँकी भगवानको ईच्छा।"...
"नयाँ जागिर"
लघुकथा- "नयाँ जागिर"निराजन प्रभात लुइँटेल
"कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स...
Wednesday, August 6, 2014
कथा-बिदेश यात्रा !!
पहिलो पटक देश छोड्दै थिएँ,झोला,हरियो पासपोर्ट अनि मन भरी रंगिन सपनाको भारी बोकेर हुइकिएँ दोहा ।कतारको निजि बिमानमा पसे ,एक पटक बाहिर हेरे आँखाको भेल रोक्न सकिन ,गोजिभित्रको रुमालले बार लगाउन खोजे तर ब्यर्थ काँहा रिकिनु त्यो बेतालको खहरे बगिरहयो गालाको बाटो हुँदै । विशाल विमान अनि ३० बिसा मान्छेको भिडमा एक्लो भएँ म । बिमानले भुइ छोड्यो मन झन आत्तियो,बेगमा...
गजल -2069-5-12
निराजन "प्रभात" लुइँटेल
तिमी रुन जान्दछौ कि जान्दैनौ जाँच्न मनछ।
सम्झि सम्झि तिम्रो सबै हर्कत हाँस्न मनछ।
गर्यौ माया कति भनि तौलने निधो गर्दै।
टुक्रा टुक्रा पार्दै चुरा काँचको भाँच्न मनछ ...
Wednesday, July 16, 2014
लघुकथा-"धुम्रपान स्वास्थकोलागी हानीकारक छ"
धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।उसको पातलो कमिजको खल्ती भित्र राखिएको चुरोटको बट्टामा लेखिएको "धुम्रपान स्वास्थकोलागी हानीकारक छ" प्रष्टै देखिन्थिय...
लघुकथा-माली
एउटा मालीले वर्षौ सम्म फूलबारीको हेरबिचार गर्यो।जब ती फूलहरु फुले ढकमक्क उसैले मायानै नगरी टिपेर बेच्न थाल्य...
लघुकथा-दुःखको कमाई
पूरै कोठा थर्किने गरि मेरो साथी फोनमा कुरा गर्दै थियो,के बिदेशमा पैसाको बोट छ?कति पठाउनु पैसा मैले अस्ति भक्खर तीन महिना अगाडि त पठाएको थिए। के घर परीवारको जिम्मेवारी मेरो मात्र हो?के थाहा हजुरहरुलाई यहाँ कति दु:ख छ भन्ने।यस्तै के के हो के के,पूरै दुःखको कहानी...
Tuesday, July 1, 2014
कथा-प्रयोग नम्बर एक
निराजन 'प्रभात' लुइँटेल
झापा-नेपाल
हाल-नयाँ वाक्रा-कतार
मिति ३०३० सालस्थान चन्दमा प्रयोगशालाप्रयोग नम्बर #१ठूलो भवनमाम छु सयौ सेनाको घेरा भित्र,कता कता डर पनि लाग्दैछ यो प्रयोग सफल होला नहोला?असफल भए मेरो जीवन के होला।एसिको त्यो एकोहोरो आवाजले कम्ता कानलाइ सास्ती दिएका होइनन ,बूढो जो भएँ।तर यो बुढेसकाल बाट मुक्त हुने दिन नजिकै...
Thursday, June 5, 2014
गीत By निराजन प्रभात लुइँटेल
यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com
यता उता सधैँ आँखा जुधाउँछ्न किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।
सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु...
Tuesday, June 3, 2014
खोइ के भन्नू
देवता पनि नि
शिव - गाँजा,भांग धतुरो खान सिकाउछ्नकृष्ण - रसलिला सिकाउछनब्रह्मा - दारी पाल्न सिकाउछनबुद्ध - राता रात घर छोड्न सिकाउछन
अनि मैले चाहिगाँजा खाए&nbs...
Monday, June 2, 2014
गीत,
खाली मुटु तिम्रै ठाउँ तिमी भित्रै पस्नु । यसै गरी सधैं तिमी मुटु भित्र बस्नु ।। जुन तिमी सधैं सधैं शीतलताको खानी । घुर्की धम्की धेरै माया अनौठो त्यो बानी ।। एक्लो हुन्छु हिजो आज अङगालोमा कस्नु । यसै गरी सधैं तिमी मुटुभित्र बस्नु ।।&nbs...
परदेशी
निराजन प्रभात लुइँटेल -
म काममा ब्यस्त थिएँ, घरको नम्बरबाट लगातार मिसकल आयो। यसरी त मिसकल कहिलै आएको थिएन – मेरो दिमागमा अनेक तर्कना आए। छोरा चकचके छ कतै लडेर घाइते त भएन? बाबा बिरामी हुनुहुन्थ्यो केही त भएन? श्रीमती कमजोर थिइन्,सुत्केरीमा आर्थिक अभावले केही तागतिलो खाना दिन सकिएन, सँधै उनको पेट दुख्छ,कम्मर दुख्छ, उनलाई केही त भएन? भाइ फटाहा छ कतै...
भुराका कुरा
भुराका कुरा
केटा केटी उमेरमा म ज्यादै उट्पट्याङ्ग थिएँ।हुनपनि त्यो उमेरनै त्यस्तै हो।अरु भुराभुरी भन्दा भिन्न पहिचान थियो मेरो ,खाइलाग्दो कद काला काला चक्षु,पढाइमा पनि अब्बल थिएँ म।पढाइमा अब्बल हुनाले मैले फटाइ गरे भनेर कसैले सरहरुलाई भने पनि सरहरुले पत्याउने होइन,जसले गर्दा धेरै पटक म सजायबाट बच्ने गर्थे।मैले भनेको नमान्ने कमै केटा साथिहरु थिए...
नयाँ कानुन
"अरे यार नयाँ कानुनले त बडो गजबको मज्जा हुनेछ,साला सधैँ पेलेर राख्ने त्यो केरला अब देख्छ।" नेपाली तर अस्पष्ट बोल्ने यी ब्याक्तीको यो प्रतिक्रीयाले म टक्क रोकिएँ सोधे दाइ के कुरा हुदैछ ?अनि हजुरहरु कुन कम्पनिमा काम गर्नुहुन्छ ?मेरो यो एक्कासिको प्रस्नले उनिहरु अल्मलिए।केही डराएको जस्तो देखिए। अहो! डराउनु पर्दैन क्याँ । मैले ढाडस दिएँ।अहो! अहो!!...
आमा!
निराजन 'प्रभात' लुइँटेल
झापा नेपाल
हाल-न्यु वाक्रा-कतार
गाडीबाट उत्रेपछि सिधा ओरालो लागे तमोर नदीलाई भेट्न,भारी मन अनि पिडाको पोको बेकेर।सधैँ लगेजको भारी लिएर आउने म आज नितान्त रित्तो रित्तो थिएँ,थियो त केबल दुखको पोको मुटुभित्र गाठो परेको बेदना।ओरालो नै ओरालो लागे माझी धारो हुँदै,बाटो भरी पैयु फुलेको थियो,तर ती पैयुले मलाइ शितलता दिन सकेनन...
कविता,
कता बाट सुगन्ध मग्मगायो,फूलको सुगन्धया चिरागकोहेरे यता उतावर परछैन केहितर,वसना आइरहयोमग मग .... मग मग सरररररररररर...
गजल- May-10-2014
आफ्नै फोटो पो जलाउनु भो !नौलो चलन चलाउनु भो !!कस्तो अचम्मै देख्नु पर्ने ह !!टुप्पा बाटै पो पलाउनु भो !!&nbs...
कविता,
निराजन प्रभात
"दही जस्तै जम्नुस ठेकीमा सुम्सुमियाउनेछ मदानिलेघोट्ने छ मन्थन गर्ने छ मदानिले अनि हजुर मोहि या घ्यु बन्नुहुनेछ ।।।"&nbs...
मुक्तक,
एउटा आयो छुरी देखायो।अर्कोले चुरी फुरी देखायो ।।तमासा गेर्ने सबै चुप छन ।त्यो फुच्छे केटाले कुरी देखायो ।। ##सन्दर्भ-बुद्ध जयन्तीको ...
वाचा,बिवाह र बिछोड
दुई आत्मा आज बन्धनमा बाँधिदै थिए,पबित्र बन्धन एक सामाजिक बन्धन बिवाहको बन्धन। आँगनमा खुट्टा राख्ने ठाउँ थिएन पाहुनाको लर्कोले। सबै शुभकामना लिएर आएका थिए सस्ता अनि महङ्गा र्यापिङ्ग पेपरमा बेरेर । सबैको मुहार खुशी थिए,नाँच्ने,गाउने रमाउनैमा ब्यस्त थिए सबै आगन्तुक । सबै खुशिनै थिए सिवाय बेहुलीका बा-आमा। बा-आमालाइ कामको चटारो,जन्माएर यत्रो साल...
सहिद ।।
निराजन प्रभात लुइटेल
पूरानो साइकल लिएर म निस्किएँ बजार।पर क्षितिजमा धेरै हल्ला सुने,के भएको रहेछ जान्ने ईच्छा भो र लागे उतै तिर।धरै मानिसको भिड थियो,मानिस सम्म छिर्ने ठाउँ थिएन।प्रहरीहरु पनि थिए।बिद्यार्थि नारा लगाउदै थिए।हाम्रो माग पूरा हुनै पर्छ,मृतकलाइ सहिद घोषणा गर भन्दै।के कारण मरेछन् आखिर सहिद हुने गरि मनमा जिज्ञासा पलायो।कुरो...